ghar sansar

मन्त्री भण्डारी भन्छन्– न कोही माग लिएर आउँछन्, न कार्यक्रममा नै बोल्न दिन्छन्

khasi

महेन्द्रनगर । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी कार्यक्रममा बोलेर आफूले महाकाली कोरिडोरबारे सहमत गराउन सक्ने बताएका छन् ।

प्रधानमन्त्री दाहाल सहभागी कार्यक्रममा फागुन १ गते खुला मञ्चमा कञ्चनपुर उद्योग बाणिज्य संघको मेलामा मन्त्री भण्डारीलाई मन्तव्य दिनबाट रोकिएको थियो । त्यहीं कृुरालाई लिएर मन्त्री भण्डारीले सोमबार जडेपानीमा औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय उद्घाटन गर्दै मन्तव्य राख्न नदिएकोमा असन्तुष्टि पोखेका हुन् ।

Anant bahu travels
dirghayi clinic

‘अहिले सरकार निजी क्षेत्रलाई प्रोत्साहित गरि रहेको छ, लगानी कसरी गर्न सकिन्छ भन्नेमा सरकारको ध्यान छ, त्यसमा पनि सरकारको एकीकृत कार्ययोजनामा औद्योगिक विकासको कार्य गर्ने कुरा प्राथमिकता छ’ मन्त्री भण्डारीले भने,‘सुदूरपश्चिममा औद्योगिक विकास, ड्रापोर्ट, महाकाली कोरिडोर जस्ता दुरगामी योजना छन्, अस्ति बोल्न दिएको भए त्यसमा प्रधानमन्त्रीलाई एस गर्न सकिन्थ्यो ।’

मन्त्री भण्डारीले सुदूरपश्चिमका विकास योजना लिएर कुनै पनि वासिन्दा आफूकहाँ नआएको र कार्यक्रममा समेत बोल्न नदिएको गुनासो गरे ।

मञ्चमा बोल्न नदिएको विषय अप्रत्यक्ष रुपमा उल्लेख गर्दैै उनले बाणिज्य संघका अध्यक्षको केही बाध्यता भए पनि आफूले त्यसलाई रोइलो बनाएर नहिँडेको उल्लेख गरे ।

बाणिज्य संघले मन्त्री भण्डारीलाई आमन्त्रण गरेपछि मन्तव्य राख्न नदिएपछि विरोध भएको थियो ।

Himal dental
सम्बन्धित
Loading...