ghar sansar

अछाम सदरमुकामका सबै सामुदायिक विद्यालयमा ईन्टरनेट सेवा, ३८ विद्यालयलाई सामग्री हस्तान्तरण

little buddha academy
khasi

अछाम । अछामको मंगलसेन नगरपालिकाले आफ्नो सेवा क्षेत्रका सम्पूर्ण सामुदायिक विद्यालयमा ईन्टरनेट सेवा सञ्चालन गर्ने भएको छ । नगरपालिकाका ४९ वटै सामुदायिक विद्यालयमा ईन्टरनेट सेवा पु¥याउन आवश्यक उपकरण प्रदान गरेको छ ।

नगरभित्रका ११ वटा माध्यामिक विद्यालयमा ईन्टरनेट सेवा जडान गरिसकेको यहाँका ३८ वटा आधारभूत विद्यालयमा अब ईन्टरनेट सेवा जडान हुने मंगलसेन नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक दिपक बहादुर भण्डारीले बताए ।

,orning glory badhai

औपचारिक कार्यक्रमबीच ब्रोडब्याण्ड ईन्टरनेट जडानबारे अभिमूखिकरण सहित उपकरण प्रदान गरिएको छ । नगपालिकाका निमित्त प्रमुख प्रशाशकीय अधिकृत खकेन्द्र बहादुर सोडारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि संगीता रावल सोडारीले ईन्टरनेट उपकरण हस्तान्तरण गरे।

नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य तथा शिवनिवास आधारभूत विद्यालयका शिक्षक नर बहादुर रावललाई उपकरण हस्तान्तरण गर्दै नगर उपप्रमुख सोडारीले सामग्रीको उचित र प्रभावकारी उपयोग गरी फाईदा लिन आग्रह गरेका छन् ।

dirghayi clinic

नेपाल सरकार, टेलिकम र मंगलसेन नगरपालिकाको सहयोगमा सांग्रीला ईन्फरमेटिभ्स मार्फत उपकरण प्रदान गरिएको हो ।

नेपाल टेलिकमको फोरजी सेवा सेवा ईन्टरनेट मार्फत पाईने बताईएको छ । विद्युत पहुच नभएको विद्यालयमा नगरपालिकाले तत्काल सोलार जडान गरिदिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सोडारीले बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत सोडारीले शिक्षण सिकाई क्रियाकलापहरुलाई प्रविधि संग जोडेर सिकाई उपलब्धि बढाउन आग्रह गरे ।

विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुलाई ईन्टरनेट डिभाईस हस्तान्तरण संगै विद्यालयमा संचालन र जडान गर्ने विधिबारे नगरपालिकाका सूचना प्रविधि अधिकृत पौरख कुमार बोगटी र सेवाप्रदायक कम्पनी साङ्ग्रिला ईन्फरमेटिभका प्राविधिक जगत विसीले जानकारी गराए ।

ईन्टरनेट सेवा २ वर्षसम्म निःशुल्क प्रयोग गर्न सकिने र त्यसपछि रिचार्ज गर्नु पर्ने जनाईएको छ । दुई वर्षसम्म सेवाप्रदायक कम्पनीले नै सेवा शुल्कको जिम्मेवारी लिने सम्झौता गरिएको छ ।

३८ वटै आधारभूत विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिको सहभागीता रहेको हस्तान्तरण कार्यक्रमको सञ्चालन शिक्षा शाखाका प्राविधिक सहायक दिपक बहादुर भण्डारीले गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...