ghar sansar

एकीकृत सरकारी संगठन कञ्चनपुरको अध्यक्षमा भट्ट

khasi

महेन्द्रनगर । नेकपा (एकीकृत समाजवादी) सम्बद्ध एकीकृत सरकारी संगठन कञ्चनपुरको अध्यक्षमा पुरुषोत्तम भट्ट चयन भएका छन् । संगठनको मंगलबार सम्पन्न जिल्ला अधिवेशनबाट भट्टको अध्यक्षतामा जिल्ला समिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा रहेश भट्ट, देवकी जोशी, सचिव चन्द्रा कुमारी विष्ट, सह सचिव कमला जोशी र कोषाध्यक्षमा विरेन्द्र चन्द चयन भएका छन् ।

समितिमा कृष्णप्रसाद बोहरा, डम्बरदत्त जोशी, भानदेव बडु, राम बहादुर विष्ट, प्रकाश चन्द्र जोशी, शारदा पनेरु, इन्द्र बहादुर सार्की, दुर्गेश धामी, जगदीश सार्की कर्ण बहादुर थापा, जानकी बोहरा, बिमला भट्ट र गोबी धामी सदस्य छन् ।

dirghayi clinic

अधिवेशनबाट लिलावती भाट र सुरेश सिह भण्डारी केन्द्रीय प्रतिनिधि चयन भएका छन् ।

समाजवादीका स्थायी कमिटी सदस्य उर्वादत्त पन्तको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा समाजवादीका केन्द्रीय सदस्य लाल बहादुर खड्का, सुदूरपश्चिम प्रदेश सभा सदस्यहरु प्रकाश रावल, माया पन्त, समाजवादीका जिल्ला अध्यक्ष जीवनराज थापा, संगठनका केन्द्रीय सचिवालय सदस्य जयदेव जोशी, केन्द्रीय सदस्य केशव बडु, पेशागत महासंघ सुदूरपश्चिम प्रदेश संयोजक डा. कविन्द्र चन्द, संगठनका निवर्तमान जिल्ला संयोजक देबदत्त जोशी लगायतका सहभागी भएका छन् ।

यसैबीच समाजवादी आवद्ध पेशागत महासंघ नेपाल, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन, स्वास्थ्यकर्मी संघ र सेवा निवृत्त राष्ट्र सेवक संघको जिल्ला समिति चयन गरिएका छन् ।

शिक्षक संगठनमा रामनारायण कँडेल, स्वास्थ्यकर्मी संघमा राम बहादुर बिष्ट र कर्ण बहादुर सिह सेवा निवृत राष्ट्र सेवक संघको अध्यक्ष चयन भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...