ghar sansar

दोधारा चाँदनीमा राष्ट्र सेवक सहकारीको सम्पर्क कार्यालय, अध्यक्ष कुँबरले गरे उद्घाटन

khasi

दोधारा । दोधारा चाँदनी नगरपालिकामा राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लि. को सम्पर्क कार्यालय स्थापना भएको छ । दोधारा चाँदनी नगरपालिका ४ स्थित नेपाल रेडक्रस सोसाईटी चाँदनी उपशाखा कार्यालयसंगै सहकारीको कार्यालय राखिएको छ ।

राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लि. का कञ्चनपुर अध्यक्ष पुर्ण बहादुर कुँवरले कार्यालयको उद्घाटन गरेका छन् ।

dirghayi clinic

कार्यक्रममा राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लि. का कञ्चनपुर जिल्ला सचिव पुरुषोत्तम भट्ट, कोषाध्यक्ष केशव दत्त बडु, व्यवस्थापक बसन्त बहादुर चौधरी लगायत शेयर सदस्य तथा तथा राष्ट्रसेवक सहकारीका शेयर सदस्य सहभागी भएका छन् ।

सहकारीले कर्मचारीहरुको आर्थिक अवस्था राम्रो बनाउन एवं कार्यालयमा सामूहिक काम गर्न अझै उत्प्रेरणा थप्ने विश्वास गरिएको छ । कार्यक्रममा कर्मचारीको सामूहिक हितमा सहकारीको महत्वपूर्ण भूमिका हुने उल्लेख गरिएको छ् ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लि. मा कर्मचारी, अवकास प्राप्त कर्मचारी तथा गैरकर्मचारी गरि ७ सय २० जना सदस्यहरु रहेका छन् ।

राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लि. को सम्पर्क कार्यालयको जिम्मेवारी धर्मानन्द पन्तलाई दिईएको छ ।

Himal dental
सम्बन्धित
Loading...