
दोधारा चाँदनीका मेयर लिम्बुले थाले विद्यार्थीसित कार्यक्रम, बिहीबार जनज्योति मावि पुगेर गरे अन्र्तक्रिया


महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले विद्यार्थीसित अन्र्तक्रिया थालनी गरेका छन् । उनले बिहीबार जनज्योती माध्यमिक बिद्यालयका विद्यार्थीसंग कार्यक्रम गरेका छन् ।

मेयरसित कक्षा ८, ९ र १० का विद्यार्थी कार्यक्रममा सहभागी भएका छन् । शैक्षिक पृष्ठभूमिका मेयर लिम्बुले शिक्षा, समाज, राजनीति लगायतका विषयमा विद्यार्थी अन्र्तक्रिया कार्यक्रम गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक अमर बहादुर बिकले कार्यक्रममा विद्यार्थीहरुले मेयरसित विभिन्न विषयमा जिज्ञासा राखेको बताए । मेयर लिम्बुले सबै विद्यालयका विद्यार्थीसित कार्यक्रम गर्ने योजना बनाएका छन् ।
