महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत हेमराज भट्ट सम्मानित भएका छन् । बाणिज्य संघले खुला मञ्चमा आयोजना गरेको १४ औं सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको समापन कार्यक्रममा कार्यकारी अधिकृत भट्टलाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवालले उनलाई खादा ओढाएर सम्मान पत्र प्रदान गरे ।
भीमदत्त नगरपालिका १८ का भट्ट २०५३ देखि संघमा कार्यरत छन् । उनी कार्यकारी अधिकृत हुन अघि संघमा प्रशासन तथा कार्यक्रम अधिकृत थिए ।