ghar sansar

शुक्लाफाँटामा प्रधानमन्त्री रोजगारी कार्यक्रम सुरु, ८७ जनालाई रोजगारी

मेयर महरा भन्छन्–कृषिमा आधुनिकीकरण गरी युवालाई रोजगारीसँग जोड्छौं

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ८७ जनालाई रोजगारी दिएको छ । नगरपालिकाका ५ वडामा कार्यक्रम सुरु भएको छ । अन्य ७ वडामा एक हप्ताभित्रै कार्यक्रम सञ्चालनमा आउनेछ ।

dirghayi clinic

शुक्लाफाँटाको वडा नं. २, ३, ८, ११ र वडा नं. १२ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम भइरहेको रोजगार सहायक टिकाराम तिवारीले बताए। उनका अनुसार वडा नं. २ र ३ मा नाली खोदान, वडा नं. ८ मा पर्यटकीय पदमार्ग निर्माण, वडा नं. ११ र १२ मा नयाँ बाटो खोल्ने काम भइरहेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कम्तिमा ९० दिनको काम दिइनेछ । शुक्लाफाँटाका नगर प्रमुख रण बहादुर महरा र उप प्रमुख कल्पना पन्तले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडा नं. १२ कालागौडीमा भइरहेको कामको अनुगमन गरेका छन् ।

शुक्लाफाँटा नगरपालिका युवालाई स्वरोजगार बनाउने नीतिका साथ काम गरिरहेको उनले बताए। ‘नगरपालिकाले बेरोजगार स्वरोजगार बनाउने नीति तथा कार्यक्रम बनाएर काम गरिरहेको छ,’ उनले भने, ‘कृषिमा आधुनिकीकरण गरी युवालाई रोजगारीसँग जोड्छौं ।’

Himal dental
सम्बन्धित
Loading...