चर्को ब्याज विरुद्ध पुनर्वासका उद्यमी व्यवसायी सडकमा, विरोध प्रदर्शन गर्दै दिए कडा आन्दोलनको चेतावनी
महेन्द्रनगर । बैंक तथा वित्तिय संस्थाको चर्को ब्याज विरुद्ध पुनर्वासका उद्योगी व्यवसायी सडकमा निस्किएका छन् । पुनर्वास उद्योग वाणिज्य संघको अगुवाईमा शुक्रबार उनीहरुले चर्को ब्याज विरुद्ध प्रदर्शन गरेका छन् ।
पुनर्वासको टाउन बजारबाट सुरु भएको विरोध ¥याली आईबिआरडी बजार पुगी कोणसभामा परिणत भएको छ । ब्याजदर घटाउ, गरिखान देउ, मौद्रिक नीति परिमार्जन गर, बैंक सधै नाफामा, उद्योगी व्यवसायी घाटामा । उद्योग व्यापार बचाउँ, राष्ट्रिय अर्थतन्त्र उठाउँ लगायतका नारा लेखिएका प्लेकार्ड सहित ¥याली गरिएको थियोे ।
कोणसभामा बोल्दै पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझीले बैंकहरूले उद्योगी व्यवसायीहरुलाई चर्को ब्याज लगाएर ज्यादती गरिरहेको बताए । उनले सरोकारवालाले समयमै ध्यान नदिए कडा आन्दोलनका कार्यक्रम ल्याईने चेतावनी दिएका छन् ।