ghar sansar

जनज्योति माविको आठौं वार्षिकोत्सव, संस्थापक बडु सम्मानित

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ भाँसीस्थित जनज्योति माध्यमिक विद्यालयले आठांै वार्षिकोत्सव तथा अभिवभावक दिवस मनाएको छ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देबराज जोशीको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकदत्त भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा विद्यार्थीहरुलाई पुरस्कार वितरण, साँस्कृतिक प्रस्तुति लगायतका कार्यक्रम गरिएका छन् ।

कार्यक्रममा जनज्योति एजुकेसन फाउण्डेशनका संस्थापक इन्द्रराजब बडुलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । बडू सहित चार जनाले २०५८ मा फाउन्डेशन सञ्चालन गरी जनज्योति क्याम्पस सञ्चालन गरेका थिए । क्याम्पस सञ्चालनपछि जनज्योति माध्यमिक विद्यालय सञ्चालन गरिएको हो ।

dirghayi clinic

फाउण्डेशनका अध्यक्ष माधव प्रसाद जोशीले स्वागत मन्तव्य राख्दै उच्च शिक्षा अध्ययनका लागि जिल्ला बाहिर जानु पर्ने बाध्यतालाई हटाउन निजी क्षेत्रबाट क्याम्पस सञ्चालन गरिएको बताए ।

‘उच्च शिक्षा अध्ययनका लागि भारत या कर्णाली पारी नेपालगञ्ज, काठमाडौं मात्रै जानु पर्ने अवस्था थियो, त्यो बेला निजी क्षेत्रबाट उच्च शिक्षा अध्ययनका लागि जनज्योति क्याम्पस सञ्चालन गरियो’ अध्यक्ष जोशीले भने,‘क्याम्पसपछि विद्यालय पनि सञ्चालन गरी अघि बढेका छौ ।’

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य पूर्व मन्त्री प्रकाश रावल, सुदूरपश्चिम प्रदेश सभा सदस्य माया पन्त, पूर्व मन्त्री जयदेब जोशी, भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी, बेदकोट नगरपालिकाका उप मेयर तुलसी जोशी, एमाले नेता महेश पन्त लगायतले विद्यालय र क्याम्पसले शैक्षिक क्षेत्रमा पुगाएको योगदानको प्रशंसा गरे ।

जनज्योति बहुमुखी क्याम्पसका प्रमुख प्रकाशदत्त जोशीले क्याम्पस र विद्यालय दुबैलाई अभिभावकले विश्वास गरेको उल्लेख गर्दै गुणस्तरीय, सम सामयिक र प्राविधिक शिक्षामा जोड दिइने बताए ।

क्याम्पस प्रमुख जोशीले क्याम्पस र विद्यालय दुबैमा ३ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको बताए । विद्यालयका प्रधानाध्यापक सुरेन्द्र प्रसाद जोशी सहितले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...