ghar sansar

बैजनाथ मावि तिलकपुरले मनायो ४७ औं वार्षिकोत्सव

महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ तिलकपुरस्थित बैजनाथ माध्यमिक विद्यालयले ४७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य पूर्व मन्त्री प्रकाश रावलको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र बहादुर विष्टको अध्यक्षतामा गरिएको कार्यक्रममा विद्यार्थीहरुलाई पुरस्कार वितरण, साँस्कृतिक प्रस्तति लगायतका कार्यक्रम गरिएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मदन बहादुर विष्टले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरे ।

lotus institite
daimond public

कार्यक्रममा विभिन्न दाताहरुले बनाएको अक्षय कोषका पुरस्कार पनि वितरण गरिएका छन् । कक्षा २ की छात्रा किस्तमी धामी अनुशासित, पार्वती दमाई गरी तथा जेहेन्दार, अपेक्षा विष्ट, प्रावि जेहेन्दार, राजेश्वरी कुँबर प्रा.वि. उत्कृष्ठ, गरिमा विष्ट स्वास्थ्य र सरसफाई, भुवन सुनार अपाङ्ग छात्रबृत्ति, अलिशा सुनार गरीब, कामना कुँबर गरीब जेहेन्दार पुरस्कार पाएका छन् ।

यसैगरी निर्जला जोशी र पुजा जोशी अनुशासित, नितु विष्ट उत्कृष्ठ खेलाडी, यमुना विष्ट विद्यालय उत्कृष्ठ, तेज सिह भण्डारी विद्यालय उत्कृष्ठ, हेमन्ती विष्ट नेतृत्व वहन छात्रा, मनोज गुरुधाम नेतृत्व वहन छात्र, निता गरी पोशाक र मनिषा गुरुधामी र सृजना सुनारले प्रतिभा पहिचान पुरस्कार पाएका छन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारती, भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी, उप मेयर निलम लेखक जोशी, भीमदत्त नगरपालिका ३ का वडा अध्यक्ष गगन सिह धामी, एमाले नेता महेश पन्त, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मान सिह बोहरा लगायतका शिक्षक, अभिभावक, विद्यार्थी कार्यक्रममा सहभागी भएका छन् ।
विद्यालयका सहायक प्रधानाध्यापक अभयराज जोशीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...