

महेन्द्रनगर । नेकपा एमाले तत्काल सरकारबाट नबाहिरिने भएको छ । शनिबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन यथावत् नै राख्ने निर्णय गरेको हो ।

बैठकले २५ गतेसम्म सरकारलाई दिएको समर्थन यथावत् राख्ने र सरकारबाट नबाहिरिने निर्णय गरेको उपमहासचिव पृथ्वीसूब्ब गुरुङले जानकारी दिए । उनले पुस १० गतेको सहमति कायम नै रहेको जानकारी दिए ।
‘पुस १० गतेको निर्णयअनुसार अगाडि बढ्छौं । सोही अनुसार राष्ट्रपति चयन गर्नुपर्छ। कांग्रेससहितका दलहरुलाई सहमतिमा ल्याउन प्रयास गर्छौं,’ उनले भने ।
उपमहासचिव गुरुङले आठ दलीय गठबन्धन नबनेको दाबी गर्दै पुस २५ गतेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताए ।
