निजामती कर्मचारी संगठन बेदकोटको अध्यक्षमा भट्ट

Amity

महेन्द्रनगर । नेकपा एमाले सम्बद्ध नेपाल निजामती कर्मचारी संगठन बेदकोट नगर अध्यक्षमा तारादत्त भट्ट चयन भएका छन् । नगर कमिटिको प्रथम अधिवेशनबाट शनिबार भट्टको अध्यक्षतामा कमिटी चयन गरिएको छ ।

१५ सदस्यीय कमिटीको उपाध्यक्षमा उपाध्यक्षमा फगुनी राना र कोमल प्रसाद कलौनी, सचिवमा करन बहादुर कामी, कोषाध्यक्षमा चन्चला धनाडी र सदस्यमा मन्जु थापा, हरिश धानुक , सरस्वती पाण्डेय , रमेश बिष्ट, ओम प्रकाश राना, देबकी जोशी, अरुण चन्द, कर्ण कुमार भट्ट, हरि प्रसाद भट्ट र जयराज भट्ट छन् ।

janjyoti campus

संगठनका केन्द्रीय सदस्य प्रताप चन्दको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सुुदूरपश्चिम प्रदेश महासचिव महादेव जोशी विशिष्ठ अतिथि थिए ।

कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष मान बहादुर चन्द, केन्द्रीय प्रतिनिधिहरु मोहन बहादुर ठगुन्ना, राधिका पन्त लगायतका सहभागी भएका छन् ।

ghar sansar
सम्बन्धित
Loading...