ghar sansar

शुक्लाफाँटामा छात्राहरुलाई विद्यालयमै आत्मरक्षा तालिम, मेयर महरा भन्छन्– तालिमले आत्मबल बढ्छ, समस्या पर्दा प्रतिकार गर्न सजिलो हुन्छ

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकामा विद्यालयका छात्राहरुका लागि आत्मरक्षा तालिम सञ्चालन गरिएको छ । छात्राहरुमाथि हुने हिंसा न्यूनीकरणका लागि विद्यालयमा तालिम सञ्चालन गरिएका छन् ।

नगपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख कमला जोशीका अनुसार कृष्ण माध्यमिक विद्यालय झलारी र बैजनाथ माध्यमिक विद्यालय कसरौलका छात्रालाई तालिम दिइएको छ ।

dirghayi clinic

सरस्वती माध्यमिक विद्यालय कलुवापुर, सिद्ध बैजनाथ माध्यमिक विद्यालय बन्शाह, राष्ट्रिय माध्यमिक विद्यालय पीपलाडीमा अध्ययनरत छात्रालाई पनि आत्मरक्षा तालिम दिइने छ। ‘हामीले ६ वटा विद्यालयमा आत्मरक्षा तालिम दिन्छौं, प्रत्येक विद्यालयमा एक सयभन्दा बढी किशोरीहरुलाई आत्मरक्षा तालिम दिइरहेका छौं।’ कराँतेका सहायक प्रशिक्षक जमुना सिंह आत्मरक्षा तालिममा प्रशिक्षक छन् ।

‘आत्मबल उच्च राखेर तत्काल उम्कन सकिने गरी आक्रमण गर्ने तरिकाका विषयमा शारीरिक प्रशिक्षण दिइरहेका छौं,’ प्रशिक्षक सिंहले भनिन्। आत्मरक्षा तालिमले छात्राहरुको आत्मबल बढाउने नगर प्रमुख रण बहादुर महराले बताए ।

‘यस्ता तालिमले किशोरीहरु आत्मबल बढ्नुका साथै समस्यामा पर्दा प्रतिकार गर्न सहज हुनेछ,’ उनले भने, ‘अगामी दिनमा पनि बालबालिका तथा किशोरीको आत्मबल बढाउने खालका कार्यक्रम गर्दै जानेछौं ।’

Himal dental
सम्बन्धित
Loading...