चर्को ब्याज विरुद्ध सोमबार विहान महेन्द्रनगरका उद्यमी व्यवसायी सडकमा आउँदै, बजारमा विरोध रयाली निकालिने

महेन्द्रनगर । बैंक तथा वित्तिय संस्थाको चर्को व्याज विरुद्ध सोमबार उद्यमी व्यवसायीले सडकमा आएर विरोध गर्ने भएका छन् । कञ्चनपुर उद्योग बाणिज्य संघको आव्हानमा सोमबार विहान उद्योग बाणिज्य संघमा उनीहरुले चर्को ब्याजको विरोध गर्दै सडकमा ¥याली निकाल्न लागेका छन् ।

कैलालीको धनगढीमा शनिबार उद्यमी व्यवसायीको भेलाबाट बैंक ब्याज विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिएका थिए । सोही अनुसार सोमबार विहान बाणिज्य संघमा विरोध ¥याली आयोजना हुन लागेको छ ।

janjyoti campus

विरोध ¥यालीसंगै सोमबारदेखि दैनिक एक घण्टा बजार बन्द हुनेछ । कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी शनिबार धनगढीमा उद्यमी व्यवसायीको भेलामा सहभागी भएका थिए । 

कञ्चनपुर उद्योग बाणिज्य संघले आइतबार साँझ माइकिङ्ग गरी सबै उद्यमी व्यवसायलाई विरोध कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।

ghar sansar
सम्बन्धित
Loading...