ghar sansar

बेलौरी महोत्सवमा आम्दानी भन्दा खर्च बढी, तीन लाख बढी घाटा

महेन्द्रनगर । बेलौरीमा पूर्व विद्यार्थी समाज शान्तिपुरले आयोजना गरेको तेस्रो बेलौरी कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव २०७९ को आयव्यय सार्वजनिक गरिएको छ ।

मंगलबार शान्तिपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर गत पौष ११ गते देखि २० गते सम्म सञ्चालन गरिएको तेस्रो बेलौरी कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव २०७९ को आयव्यय सार्बजनिक गरिएको हो ।

lotus institite
daimond public

तेस्रो बेलौरी कृषि, पर्यटन तथा सास्कृतिक महोत्सवमा १९ लाख ५९ हजार ६ सय ५० आम्दानी र २२ लाख २ हजार ८ सय खर्च भएको मेला मुल आयोजक समितिका संयोजक तथा शान्ति माध्यमिक विद्यालय शान्तिपुरका प्रध्यानाध्यपक प्रेम बहादुर थापाले बताए ।

महोत्सवबाट आम्दानी कम र खर्च धेरै भए पनि संस्थाका आजिवन सदस्य तथा अन्य स्रोतबाट रकम जम्मा गरेर भए पनि ‘गरीब तथा असाहय बालबालिकालाई केही दिनभित्र १ लाख बराबरको छात्रबितृ प्रदान गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

कार्यक्रममा महोत्सव सञ्चालनमा सहयोग गर्ने संघ संस्था व्यक्तिलाई सम्मान गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...