भीमदत्तले अन्ततः दोधारा चाँदनीसित झुकेरै छाड्यो, आफैले छाडेको महाकाली नदीको रोयल्टी साझेदारीमा फेरि सहकार्यका मनाउने प्रयास

Amity

महेन्द्रनगर । स्थानीय तह निर्वाचनपछि दोधारा चाँदनी नगरपालिकासित महाकाली नदीको रोयल्टी सम्झौता नविकरण गरी सहकार्य छाडेको भीमदत्त नगरपालिका फेरि नदीजन्य पदार्थको व्यवस्थापनका लागि छलफलमा लागेको छ । दोधारा चाँदनी नगरपालिकाले आफ्नो क्षेत्रमा ठेक्का गरी सम्झौता परेपछि दबावमा परेको भीमदत्त दोधारा चाँदनीसित विगतको रोयल्टी सम्झौताका आधारमा अघि बढ्न खोजेको हो ।

सम्झौता नविकरण नभएपछि दोधारा चाँदनीले आफ्नो क्षेत्रमा ठेक्का लगाएको छ । भीमदत्त नगरपालिका भने अवैध रुपमा महाकाली नदीजन्य पदार्थ संकलन गर्दै आएको छ । गत भदौमा आइआईको म्याद सकिएपछि नगरपालिकाले नयाँ गर्न नसकेर अवैध रुपमा रोयल्टी संकलन गरि रहेको छ ।

janjyoti campus

बुधवार भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीको अध्यक्षतामा छलफल गरिएको छ । छलफलमा दोधारा–चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, दुबै पालिकाका नगर उपप्रमुख नीलम लेखक जोशी,गंगा जोशी, दुबै पालिकाका वडाध्यक्षहरु, कार्यालय प्रमुख सहभागी भएका छन् ।

महाकाली नदीको संयुक्त रुपमा इआइए गर्ने र ठेक्का आह्वान गर्ने तथा स्रोतको बाडफाँडका विषयमा छलफल भएको भीमदत्तका नगर प्रवक्ता नगर महेन्द्र खड्काले बताए ।

बैठकमा दुबै पालिका(भीमदत्त नगरपालिका र दोधारा–चाँदनी नगरपालिका) ले सयुक्त रुपमा महाकाली नदिको नदिजन्य पदार्थ व्यवस्थापन नगर्ने हो भने नदि उत्खनन् माफियाहरु तथा ठेकेदारहरुबाट राजश्व चुहावट,अवैद्य उत्खनन्को खतरा रहेकोले भीमदत्त र दोधारा चाँदनी नगरपालिकाले संयुक्त रुपमा,सहमतीमा अगाडी बढ्नुपर्ने वक्ताहरुले सुझाव दिएका थिए ।

उक्त बैठकबाट नदिबाट उठ्ने जम्मा स्रोतको ५४ प्रतिशत भीमदत्त नगरपालिका र ४६ प्रतिशत दोधारा–चाँदनी नगरपालिकाले पाउने निर्णय गरिएको नगरप्रवक्ता खड्काले बताए ।

ghar sansar
सम्बन्धित
Loading...