ghar sansar

देश विदेशबाट सहयोग भएपछि सामाजिक अभियन्ताले धामीले दैजीका अशक्त र अनाथ डगौरालाई उपचारका लागि लग्दै छन् भारत

khasi

महेन्द्रनगर । अशक्त र अनाथ कालु राम डगौरालाई उपचारका लागि भारत लगिने भएको छ ।

बेदकोट नगरपालिका ३ दैजीका कालु डगौरा सवारी दुर्घटनामा परी घाइते भएका थिए । आमा बुवाको मृत्युपछि उनलाई आफन्तले सहारा दिँदै आएका छन् ।

दैजीका सामाजिक अभियन्ता धिरेन्द्र सिंह धामीले डगौराका लागि केही दिन अघि सहयोग संकलन अभियान सुरु गरेका थिए ।

देश विदेशबाट सहयोग हुन थालेपछि धामीले नै डगौरालाई उपचारका लागि भारतीय सहर बरेली लैजान लागेका हुन् ।

‘एक पटक डाक्टरलाई देखाउ, राम्रो हुन सक्नु हुन्छ भन्ने आश छ’ उनले भने,‘दशैंपछि बरेली लैजाने तयारीमा छौ ।’

dirghayi clinic

धामीले डगौरालाई सहयोग गर्न सबैमा आग्रह गरेका छन् । ‘एक त वहाँ अशक्त हो, अर्को आमा बुवा कोही पनि छैनन्’ धामीले भने ।

धामीले हालसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

हालसम्म हरिश भाट २ हजार १ सय, प्रमानन्द भट्ट १ हजार १ सय, भोगानन्द डगौरा १ हजार ५ सय ५, श्रीकोटी बन्धु जुत्ता उद्योग ५ सय, हरि प्रसाद सुवेदी ५ सय, भुवन सिंह धामी १ हजार, धिरज ओड ५ सय र भीम भुलले १ हजार ५ सय सहयोग गरेका छन् ।

यसैगरी धनीराम डगौरा १ हजार, पुस्कर भट्ट २ हजार, महेश कुवर १ हजार ५ सय, रितेश चौधरी १ हजार, कृष्ण भट्ट ८ सय, भुवन थापा ४९ हजार ( हाल कोरिया भुवन थापा), भोजराज भट्ट ५ सय ५, नन्दा बोहरा ५ सय, देब राज जोशी १ हजार ५ सय २५ र त्रिनेत्र क्लिनिक ५ सय ५० रुपैँया सहयोग गरेका छन् ।

अशोक पार्की १ हजार १ सय २०, झंकर राज जोशी १ हजार ५ सय ५५, रामचन्द्र रेग्मी १ हजार ६ सय, लोक राज जोशी १ हजार २५, धर्मराज जोशी ५ सय ५५, अशोक कुमार चन्द २ हजार ५ सय २५, भोज रेग्मी १ हजार ५ सय ५५, एकान्त कोल्ड सेन्टरका सञ्चालक शिव राज जोशी १ हजार १ सय ११ रुपैँया सहयोग गरेको सामाजिक अभियन्ता धामीले बताए ।

‘अपाङ्गता तथा अनाथ कालु डगौरा भाइको लागि आर्थिक सहयोग सङ्कलन भइइरहेको छ । पीडितको लागि राहत भइरहेको छ, मनकारी सहयोग गर्नु हुने सबैलाइ नमन गर्न चाहन्छु’ धामीले भने ।

Himal dental
सम्बन्धित
Loading...