ghar sansar

सुदूरपश्चिम सरकारले रामलिलाका लागि छ्ट्याएको १५ लाख बजेटले दुई समितिबीच झन टकराव हुने खतरा

khasi

महेन्द्रनगर । सुदूरपश्चिम सरकारले राम लिलाका लागि १५ लाख बजेट छुट्याएको छ ।

निङ्गलशैनी जगन्नाथ रामलिला समितिले खुला मञ्चमा आयोजना गर्ने रामलिला सम्बन्धि जानकारी दिन शनिबार बिहान गोबरैयामा गरिएको पत्रकार सम्मेलनमा बजेट बिनियोजन गरिएको जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष घनानन्द लेखकले रामलिलाका लागि १५ लाख बजेट दिएको बताएका हुन् । लेखकले विनियोजित बजेट कुन समितिले पाउने भन्ने कुरा भने टुङ्गो नलागेको बताए ।

कञ्चनपुरमा रामलिलाका दुई समिति छन् । दुबै समितिको नेतृत्वमा भीमदत्त नगरपालिका ६ का वासिन्दा छन् ।
खुला मञ्चमा रामलिला लगाउन तयारी थालेको निङ्गलाशैनी जगन्नाथ र शमरजङ्ग बहादुर चन्दको नेतृत्वमा अर्को रामलिला समिति छ ।

 दुई समितिबीच आपशी टकराव भएको बताइन्छ । शनिबार पत्रकार सम्मेलनमा लेखकले पनि यसबारे केही बालेका थिए ।

dirghayi clinic

उनले खुला मञ्चमा रामलिला गर्ने विषयमा दुई समितिबीच विवाद भएर टकरावको अवस्था आएको बताएका थिए ।

केही वर्ष अघि चन्द नेतृत्वको समितिले खुला मञ्च नपाएपछि मझगाउँस्थित विमानस्थलमा रामलिला लगाएको थियो ।

निङ्गलाशैनी राम लिला समितिले २०७१ देखि निङ्गलाशैनी मन्दिर नजिक मैदानमा रामलिला आयोजना सुरु गरेको थियो ।

गत बर्ष भने रामलिला हुन सकेन । यस बर्ष खुला मंचमा आयोजना गर्न लागिएको हो ।

२४ बर्षसम्म रामलिला हुन नसकेर २०७१ गतेदेखि पुन आयोजना हुन लागेको हो ।

यस बर्ष निङ्गलाशैनी जगन्नाथ रामलिला समितिले खुला मंचमा आयोजना गर्न लागेको छ । कार्तिक ६ देखि १३ दिनसम्म रामलिला चल्नेछ ।

Himal dental
सम्बन्धित
Loading...