
महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ मा पर्ने चुरेको ताराकोट क्षेत्रमा निर्माण गरिएको विपाश्यना केन्द्रको पर्खाल भत्काउन लागिएको छ । चुरे संरक्षण सञ्जाल सहित सरोकारवाला निकायले चुरे दबाव दिएपछि वन कार्यालयले बुधबार पर्खाल भत्काउने तयारी गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा चुरेको ताराकोट क्षेत्र अवैधानिक रुपमा विपाश्यन ध्यान केन्द्रका लागि पर्खाल निर्माण गरिएको छ । पर्खाल भत्काउन वन कार्यालयलाई यस अघि ज्ञापन पत्र दिएर दबाव दिइएको थियो ।
