ghar sansar

धनगढी उपमहानगरबाट एडिबीले झिक्यो हात, भीमदत्तमा पनि भविष्य अन्यौल

khasi

महेन्द्रनगर । कैलाली धनगढी उप महानगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजनाका लागि एसियाली विकास बैंक बजेट नदिने भएको छ । एडिबीको अनुदानमा सञ्चालित बाँकी सडकका लागि लगानी नगर्ने भएको हो ।

‘एडिबी धनगढीबाट फिर्ता भयो । ४२ दशमलव ५ किलोमिटर सडक बनाउछौँ भन्दै थियो। अब १० किलोमिटर मात्र बन्दैछ। एडिबीले धनगढीबाट साढे चार अर्ब फिर्ता लियो’ धनगढी उप महानगरका मेयर गोपाल हमालले भने ।

Anant bahu travels

एसियाली विकास बैँकको ऋण सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजाना अन्तर्गतको ४२ किलोमिटर सडकमा ३२ किलोमिटर सडक निर्माण नहुने भएको हो । धनगढीको पुरानो भन्सार रोड, रुवस होटल सडक, बोराडाँडी–यातायात कार्यालय सडक, धनगढीगाउँ–जुगेडा सडक लगायतका सडकका लागि बजेटको अभाव देखिएको हो ।

dirghayi clinic

४२ किलोमिटरमा १० दशमलव ५० किलोमिटर सडक मात्र पहिलो चरणमा कालोपत्र हुँदैछ । जेठसम्म धनगढीका सात वटा सडक कालोपत्रको काम सकिदैछ। तर, दोस्रो चरणमा कालोपत्र गर्ने भनिएको १६ वटा सडकको काम नहुने भएको हो ।

क्षेत्रीय सहरी विकास आयोजना, धनगढीका प्रमुख रमेश थिङले धनगढीमा एसियाली विकास बैंकले सडक निर्माणमा लगानी नगर्ने बताए ।

उनले भने, ‘धनगढी उप–महानगरपालिकाका नगर प्रमुख, तथा जनप्रतिनिधिहरुले यो विषयमा पहल गर्नुपर्ने बताएका छन्। अहिलेका लागि सडकमा एडिबीले लगानी नगर्ने भएको छ। मेयर साबले पहल गर्न सक्नु भयो भने हो। सरकारले अर्काे निर्णय गरेपछि मात्र दोस्रो चरणको कार्यक्रम हुन्छ ।’

एडिबीले लगानी नगर्ने भएपछि धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम सरकार बजेटको जोहो गर्न थालेका छन्। सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले धनगढीको विकास निर्माणमा साझेदारी गर्ने बताए ।

Himal dental
सम्बन्धित
Loading...