ghar sansar

पिपलाडी स्वास्थ्य चौकीको सेवा प्रवाह ह्वात्तै सुुधार, स्वमूल्याङ्कनमा आयो ९३ प्रतिशत अंक

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाको पिपलाडी स्वास्थ्य चौकीले स्वमूल्याकनमा ९३ प्रतिशत अंक ल्याएको छ। सरकारले तोकेको मापदण्ड अनुसार स्वमूल्यांकन गर्दै ९३ प्रतिशत ल्याएको हो ।

पूर्वाधार, व्यावस्थापन, सेवा प्रवाह लगायतका आधारमा स्वमुल्यांकन गरिएको स्वास्थ्य चौकीका प्रमुख दुर्गादत्त भट्टले बताए । ‘स्वमुल्यांकनमा सय प्रतिशत पुगाउने हाम्रो लक्ष्य थियो,’ उनले भने, ‘अहिले ९३ प्रतिशत मात्रै पायौं, गत वर्ष ७८ प्रतिशत अंक पाएका थियौं।’

western public academy
dirhayu

स्वास्थ्य चौकीको व्यवस्थापनमा सुधार गनुपर्ने दिएको उनले बताए । ‘फोहर व्यवस्थापन समस्या देखियो, त्यसलाई सुधार गर्छौ,’ उनले भने, ‘नगरपालिका र स्वास्थ्य कार्यालयबाट पनि हामीले गरेको स्वमुल्यांकनको चेकजाँच गर्न आउनु भएको थियो, उहाँहरु उत्कृष्ट छ भन्नु भएको छ ।’

स्वमुल्यांकनको समिक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय कञ्चनपुरबाट परिवार नियोजन निरीक्षक कपिलदेव जोशी आएका थिए । नगरपालिकाबाट नगर प्रमुख रणबहादुर महरा, वडा नं. ४ का अध्यक्ष कमल ठकुल्ला लगायत कर्मचारीहरुको सहभागिता थियो । नगर प्रमुख महराले स्वास्थ्य चौकीका सम्पूर्ण कर्मचारी, चिकित्सकलाई बधाई तथा शुभकामना दिए ।

‘राम्रो गर्नु भएको छ, अझै राम्रो काम गर्नुहोस्,’ उनले भने, ‘सधैं सेवाग्राहीको सेवा ध्यान दिनुहोला, सेवा प्रभाव अझै चुस्तद्रुस्त पार्नुहोस् ।’

Himal dental
सम्बन्धित
Loading...