ghar sansar

दोस्रो कार्यकालमा पोतिलाल प्रशासन झन लथालिङ्ग, वडा सचिवले समेत टेर्दैनन् हाकिम

dirghayu ad

महेन्द्रनगर । बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विकले जिम्मेवारी हेरफेर गरिएका दुई वडा सचिव अटेरी देखिएका छन् । उनीहरु जिम्मेवारी दिइएको वडा नगएर साविकको वडामा कामकाज गर्दै आएका हुन् ।

बेलौरी नगरपालिका कार्यालयको २०७९ पौष ७ गतेको चलानी नम्बर १२९५ र १२९७ को निर्णय अनुसार बेलौरी नगरपालिका वडा नम्बर २ का वडा सचिव श्याम कुमार रानालाई बेलौरी नगरपालिका वडा नम्बर ८ मा र वडा नम्बर ८ का वडा सचिव सन्जिव चौधरीलाई वडा नम्बर २ मा अर्को व्यवस्था नभएसम्मका लागि कामकाज गर्न खटाइएको थियो । तीन महिनासम्म उनीहरु जिम्मेवारी दिइएको वडामा नगएका हुन् ।

ratnam malkhad

वडा सचिवद्वय राना र चौधरीले खटाइएको वडामा जान अटेरी गर्दा समेत प्रमुख प्रशासकीय अधिकृत विक मौन देखिन्छन् ।

दुवै जना वडा सचिव हाल साविककै वडामा काम गरिरहेका छ्न् । तर उनीहरूलाई साबिककै वडामा काम गर्न नगरपालिकाले अर्को पत्र पठाएको भने देखिदैन । यस विषयमा सोधपुछ गर्दा प्रमुख प्रशासकीय अधिकृत विकले कुनै प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।

बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरीको पहिलो कार्यकालको बिचमा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत विक केही महिना अघि फेरि बेलौरी आएका हुन् ।

Himal dental
सम्बन्धित
Loading...