ghar sansar

अपि टुडेको कार्यालयमा गएर राप्रपा नेता थापाले दिए प्रकाशक धामीलाई धम्की, कारवाही गर्न प्रेस चौतारीको माग

khasi

महेन्द्रनगर । कञ्चनपुरका पत्रकार सुरेश धामीलाई पत्रिकाको कार्यालयमा अनाधिकृत रुपमा प्रवेश गरेको एक समूहले धम्की दिएको छ। महेन्द्रनगरबाट प्रकाशित अपी टुडे दैनिकका प्रकाशक÷सम्पादक रहेका धामीलाई कार्यालयमा अनाधिकृत रुपमा प्रवेश गरेर धम्की दिएको घटनाप्रति प्रेस चौतारी कञ्चनपुरले आपत्ति जनाएको छ ।

dirghayi clinic

प्रेस चौतारी कञ्चनपुर शाखाका अध्यक्ष लक्ष्मणदत्त पन्तद्धारा हस्ताक्षरित विज्ञप्तिमा केही काम छ भन्दै राप्रपाका नेता शिशिर थापा नेतृत्वमा आएको समूहले पत्रिकाको कार्यालयमा प्रवेश गरेर धामीलाई अनावश्यक मानसिक यातना र धम्की दिएको उल्लेख छ ।

यो घटनाप्रति प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाले शुक्रबार विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानार्कषण भएको जनाएको छ।
प्रेस चौतारीका निवर्तमान केन्द्रीय सदस्य समेत रहेका धामीलाई दलबल सहित सञ्चार गृहको कार्यालयमै आएर आफुसँग असम्बन्धित विषयमा धम्की दिने र दबाब सृजना गर्ने कार्यको प्रेस चौतारीले भत्र्सना गरेको हो ।

अनाधिकृत रुपमा पत्रिकाको कार्यालयमा आएर धम्की दिएका कारण पत्रिका प्रकाशनको काम समेत प्रभावित भएको उल्लेख छ । धम्की दिने र थर्काउदै हिड्ने अराजक समूहमाथि तत्काल छानबिन गरी कडाभन्दा कडा कारबाहीको माग प्रेस चौतारीले गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...