

महेन्द्रनगर । नेकपा एमाले सम्बद्ध पेशागत महासंघ नेपाल जिल्ला समिति कञ्चनपुरको अध्यक्षमा राजेन्द्र विष्ट चयन भएका छन् । महासंघ जिल्ला समिति कञ्चनपुरको सातौं जिल्ला अधिवेशनबाट विष्टको अध्यक्षतमा समिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा हर्क बहादुर चन्द, कलावती कुवर, सचिव सचिव तिलक जोशी, सह सचिव मान बहादुर भण्डारी र कोषाध्यक्षमा मणि राज जोशी चयन भएका छन् ।

समितिमा नरेन्द्र चन्द, सदस्य ईन्द्र राना, शम्भु आचार्य, कोमल प्रसाद पन्त, सुनिल चन्द, करन बहादुर कामी र हेमन्त टमटा सदस्य चयन भएका छन् ।
