महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले नगरवासींको भावना र मर्म अनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
आइतबार कर्मचारीको नियमित बठैकमा बोल्दै उनले समृद्ध नगरपालिका बलाउन कर्मचारी र जनप्रतिनिधिले नगरवासीको भावना र मर्म अनुसार काम गर्नु पर्ने बताएका हुन् ।
‘हामीले शुक्लाफाँटालाई सुन्दर र समृद्ध नगर बनाउने सपना देखाएका छौं,’ उनले भने, ‘त्यसका लागि कर्मचारीको सहयोग र सहकार्य आवश्यक छ, राम्रो गर्दै आउनुभएको छ, अझै राम्रो काम गर्नुहोस् ।’ कर्मचारीले जनताको काम र गुनासोलाई सम्बोधन गर्नेतर्फ ध्यान दिनुपर्ने उनको भनाई छ ।
प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले नगरपालिकाबाट प्रवाह हुने सेवालाई चुस्तद्रुस्त बनाउन सबै विषयगत शाखाका कर्मचारीलाई निर्देशन दिएको बताए ।
‘यो कार्यालायको नियमित बैठक हो, बैठकमा सेवालाई चुस्तद्रुस्त बनाउने, सेवाग्राहीलाई छिटोछरितो सेवा प्रबाह गर्ने, एक महिनामा भएका गतिविधिको समिक्षा र अगामी योजनाबारे छलफल भएको थियो,’ उनले भने ।