
महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ स्थित विष्णु मन्दिर साकेत धाममा हल्दुखालका महेश भट्ट निर्घात कुटिएका छन् ।
भीनपा ३ तिलकपुरका युवाले सोमबार पिकनिक खान गएका भट्ट सहित तीन जनालाई कुटपिट गरेका हुन् । उनीहरुमध्ये भट्टमध्ये भट्टलाई सबैभन्दा कुटपिट गरिएका छन् ।

भट्टसंगै पिकनिकमा सहभागीहरुका अनुसार उनलाई १०÷१२ जनाको समूहका रहेका उनीहरुले लात्ती, ढुङ्गा र लाठीले कुटपिट गरेका छन् ।
कुटपिटमा भट्टको टाउका सहित शरिरका विभिन्न भागमा चोट पटक लागेको छ । सोमबार दिउँसो ३ बजे कुटपिट गरी गम्भीर घाइते उनलाई उपचारका लागि धनगढी लगिएको छ ।
कुटपिटमा संलग्न तिलकपुरका ती सबै युवा विरुद्ध प्रहरी कार्यालय उजुरी दिइएका छ । प्रहरीले उनीहरुलाई खोजी गर्न प्रहरी परिचालन गरेको छ । विष्णु मन्दिर नजिक पिकनिक स्पटमा भट्ट सहितलाई कुटपिट गरिएको छ ।
