ghar sansar

शुक्लाफाँटामा नारी दिवस मनाइयो, मेयर भन्छन्–हिंसा न्यूनिकरणमा हातेमालो गरौ

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महराले महिला हिंसा न्यूनिकरणका लागि सबैले हातेमालो गर्नुपर्ने बताएका छन् ।

बुधबार झलारीको खुल्ला मञ्चमा आयोजित नारी दिवसको शुभकामना दिदै उनले हिंसा न्यूनिकरणका लागि महिला र पुरुषले सँगसँगै हातेमालो गर्नुपर्ने बताएका हुन् ।

western public academy

‘हिंसामा परे सहेर बस्नु हुँदैन्, महिला र पुरुषले संगसंगै हातेमालो गरे अघि बढ्नु पर्छ,’ उनले भने, ‘महिलाहरु कसैको दबाब, डरत्रास, हिंसामा पर्नुहुँदैन, यदी त्यस्ता केही घटनाहरु भए नगरपालिकामा न्यायिक समिति छ, त्यहाँ जानकारी गराउनुहोस्, हामी न्यायको लागि पहलकमदी लिनेछौं ।’ संवैधानिक व्यवस्थाका कारण महिला अधिकारको विषय सशक्त रूपमा स्थापित भएको उनले बताए ।

संघीय संरचनामा केन्द्रदेखि स्थानीय तहका संरचनामा प्रमुख वा उपप्रमुखमध्ये एक महिला हुनुपर्ने बाध्यकारी व्यवस्थाले राज्यका निकायमा महिलाको पहुँच बढाएको उनको भनाई छ। ‘महिलाका लागि संविधानले नै समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक लगायतका मौलिक हकहरूको प्रत्याभूति गरेको छ ।’

उनले भने, ‘पछिल्ला दिनमा राष्ट्रप्रमुख जस्तो महत्वपूर्ण पदमा महिला रहेको विश्वका केही सीमित मुलुकहरूको सूचीमा नेपालले आफूलाई उभ्याएको छ।’ नेपालको संविधान २०७२ ले नै राज्यको सबै निकायमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व अनिवार्य गरेको छ । संविधानले स्थानीय, प्रदेश र संघीय सरकारमा महिलाको सहभागिताको सुनिश्चितता गरेको छ। ‘मेयर, उपमेयर, सभामुख, उपसभामुख हुँदै राष्ट्रपति र उपराष्ट्रपति लगायत राज्यका हरेक क्षेत्रमा महिला अनिवार्य गरिएको छ,’ नगर प्रमुख महराले भने, ‘त्यसकारण अब महिला कमजोर छैनन् ।

dirhayu

महिलाहरुले नेतृत्व गर्नुपर्छ, त्यो किसिमको महिलाहरुमा क्षमता विकास हुन जरुरी छ ।’ उनले हरेक आन्दोलनमा महिलाको भूमिका महत्वपूर्ण रहेको बताए । उनका अनुसार नगरपालिकाले दलित, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

‘हामीले आर्थिक रुपमा विपन्न, गरिब, असाहयहरुलाई लक्षित गर्दै वर्षमा १÷१ जना डाक्टर र इन्जिनीयर बनाउने भनेका छौँ, यदी कोही यस्ता व्यक्तिहरु नगरभित्र छन्,आर्थिक अभावले नै पढ्न सक्ने अवस्था छैन भने, हामी डाक्टर, इन्जिनीयर पढाउने जिम्मा लिन्छौँ,’ नगर प्रमुख महराले भने ।

शुक्लाफाँटालाई समृद्ध नगरपालिका बनाउने ढङ्गबाट नयाँ मोडलका साथ आफुहरु अघि बढ्न खोजिरहेको उनको भनाई थियो ।

‘शुक्लाफाँटा कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामै उत्कृष्ट भएको र स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा दोश्रो भएको छ,’ उनले भने, ‘सुशासन कायम गर्दै नगरपालिका समृद्ध बनाउने गरी लागि परेका छौँ ।’

नगरपालिकाले ‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’भन्ने नाराका साथ झलारीस्थित खुलामञ्चमा ११३ औँ अन्तर्राष्ट्रिय नारी दिसव मनाइएको थियो।

नगर उपप्रमुख कल्पना जोशी पन्तको सभापतित्वमा भएको कार्यक्रममा नगर प्रमुख रणबहादुर महरा प्रमुख अतिथि थिए । उक्त कार्यक्रममा कार्यपालिका सदस्य भूमा चन्दले स्वागत मन्तव्य राखेकी थिइन् ।

]

Himal dental
सम्बन्धित
Loading...