ghar sansar

बैतडीको पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्षमाथि कुटपिट

dirghayu ad

महेन्द्रनगर । बैतडीको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्षलाई कार्यकक्षमै कुटपिट गरिएको छ। पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष विना भट्टमाथि कुटपिट भएको हो ।

उनले आफूमाथि सोही गाउँपालिका–३ बस्ने दीपकबहादुर चन्दले २५ गते दिउँसो ३ः२० बजे मादक पदार्थ सेवन गरी कार्यकक्षमै आएर कुटपिट गरेको बताइन् । कुर्सीमा बसेका वेला आफूलाई लछारपछार गरी हातमा लिएको फलामको पिलासले आफूलाई कुटपिट गरेको उनको आरोप छ ।  ​

ratnam malkhad

यसैगरी उनले ज्यान मार्ने धम्कीसमेत दिएको हुँदा निजमाथि आवश्यक छानबिन गरी गराई कारबाहीका लागि गाउँपालिका राष्ट्रिय महासंघ नेपाललाई निवेदन दिएकी छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीले भट्टमाथि कार्यकक्षमै हातपात र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चन्दलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मदिरा सेवन गरेर शुक्रबार कार्यकक्षमै प्रवेश गरेर आफूमाथि हातपात र दुर्व्यवहार गरेको भन्दै उपाध्यक्ष भट्टले निवेदन दिएपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले चन्दलाई शनिबार पञ्चेश्वरको हल्दुविनायक प्रहरी चौकीले सोधपुछका लागि नियन्त्रणमा लिएको जानकारी दिए ।

‘उपाध्यक्षज्यूले मदिरा सेवन गरेर चन्द आफ्नो कार्यकक्षमा प्रवेश गर्दै आफूमाथि हातपात र दुर्व्यवहार गरेको भन्दै निवेदन दिएपछि उहाँलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ’‚ जोशीले भने, ‘घटनाबारे थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउँछौँ ।’

चन्दले पालिकामा विद्युत् विस्तारको ठेक्कामा काम गरेका चन्दले ठेकेदारबाट लिनुपर्ने ज्याला नपाएको भन्दै आफूमाथि हातपात र दुर्व्यवहार गरेकाले अभद्र व्यवहार शीर्षकमा किटानी जाहेरी दिइरहेको बताइन् ।

Himal dental
सम्बन्धित
Loading...