ghar sansar

सृजनात्मक बचत तथा ऋण सहकारीको १३ औं वार्षिक साधारण सभा, निवर्तमान मुख्यमन्त्री रावलले गरे उद्घाटन

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ११ गड्डौचौकीस्थित सृजनात्मक बचत तथा ऋण सहकारी संस्था लि. को १३ औं वार्षिक साधारण सभा सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री प्रदेश सभा सदस्य राजेन्द्र सिह रावलले साधारण सभा उद्घाटन गरेका छन् ।

सहकारीका अध्यक्ष मदन सिह क्षेत्रीको अध्यक्षतामा गरिएको कार्यक्रममा भीनपा ४ का वडा अध्यक्ष सुशिल भट्ट, एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बचन बहादुर सिह, निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेम सिह भाट, जनज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भवानी चन्द लगायतले शुभ कामना मन्तव्य राखे ।

Anant bahu travels
dirghayi clinic

सहकारीका सचिव कृष्ण सिह बोहराले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष नन्दन सिह धामी आर्थिक प्रतिवेदन प्रस्तुत गरे । साधारण सभाबाट प्रस्तुत सबै प्रतिवेदन पारित हुने छन् ।

साधारण सभाबाट सहकारीको नयाँ समिति चयन हुनेछ । उद्घाटन कार्यक्रममा सहकारीले ज्येष्ठ नागरिक सूर्य बहादुर चन्द र उमादेवी पाललाई सम्मान गरेको छ । सहकारीले आर्थिक वर्ष २०७०÷०७१ देखि सहकारीका शेयर सदस्यमध्ये ज्येष्ठ सदस्यलाई सम्मान गर्दै आएको छ ।

यसैगरी उत्कृष्ठ कारोबार गर्ने दिनेश मल्ल, जानकी चन्द र भागरथी देवी चन्दलाई सम्मान गरिएको छ । २०६६ मा ३२ जना शेयर सदस्यबाट सहकारीले कारोबार सुरु गरेको थियो । हाल सहकारीमा १ हजार ५५ शेयर सदस्य पुगेका छन् । त्यसमध्ये आधा भन्दा बढी ५ सय ४० महिला छन् ।

 

Himal dental
सम्बन्धित
Loading...