चार विद्यार्थी संगठनबीच भागबण्डापछि दानेश्वर हरि बहुमुखी क्याम्पसमा स्ववियु निर्विरोध, नेवि संघका जोशी सभापति
महेन्द्रनगर । भीमदत्त नगरपालिका १० जिमुवास्थित दानेश्वर हरि बहुमुखी क्याम्पसमा चार राजनीतिक दल आवद्ध विद्यार्थी संगठनले भागबण्डा गरी स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) लाई सर्वसम्मत बनाएका छन् ।
काँग्रेस, एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध विद्यार्थी संगठनले सहमति गरी स्ववियुका पदाधिकारी र सदस्यमा सबै भागबण्डा गरी सर्वसम्मत बनाएका छन् ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियु र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले पदाधिकारी र सदस्यमा भागबण्डा गरेपछि स्ववियु निर्विरोध भएको छ ।
चार विद्यार्थी संगठनको भागबण्डा अनुसार नेपाल विद्यार्थी संघका विमला जोशी निर्विरोध सभापति भएकी छन् । एमाले सम्बद्ध अखिलका सुनिल ओड सचिव र अखिल क्रान्तिकारीका जयन्ती कुमारी खत्री कोषाध्यक्ष भएका छन् ।
स्ववियु सदस्यमा एलिना कार्की, विमला रावल, सविना पन्त, हेमन्ती जोशी, तुलसी गिरी, चन्द्रदेब जोशी, मनिसा थापा र गंगा साउँद निर्विरोध भएका छन् ।
विद्यार्थी संगठनबीच सहमति भएर उम्मेदवारी फिर्ता भएपछि चुनाव अघि नै स्ववियु निर्विरोध भएको छ । स्ववियु चुनाव अन्र्तगत चैत ५ गते मतदान मिति तोकिएको छ ।