ghar sansar

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा स्ववियु निर्वाचन स्थगित

dirghayu ad

महेन्द्रनगर । विद्यार्थी संगठनले तालाबन्दी गरेपछि सुदूरपश्चिम विश्वविद्यालयमा चैत ८ गतेतका लागि तोकिएको स्ववियु निर्वाचन स्थगित भएको छ ।

विश्वविद्यालयको निर्वाचन प्रक्रियालाई विमति जनाउँदै नेपाल विद्यार्थी संघको कृष्ण पाण्डे समूह, नेकपा बहुमत, विप्लव र राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले आइतबार केन्द्रीय क्याम्पस र रजिष्ट्रार कार्यालयमा तालाबन्दी गरेको थिए ।

ratnam malkhad

त्यसपछि सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस स्ववियु निर्वाचन समितिले सूचना सार्वजनिक गरी निर्वाचन स्थगित गरेको छ ।

विश्वविद्यालयमा निर्वाचनका लागि ८ विद्यार्थी संगठन दर्ता भएका छन् । निर्वाचनका लागि दर्ता भएका केही विद्यार्थी संगठनले निर्वाचन कार्यालयमा गरेको तालाबन्दीका कारण अब उपरान्त निर्वाचन प्रकृया स्थगित गरिएको जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...