ghar sansar

सत्ता गठबन्धन आवद्ध विद्यार्थी संगठनमाथि खनियो एमाले अखिल, भन्यो– एक्लै चुनाव लड्दा पनि भाग्ने र विथोल्ने कार्य गरियो

little buddha academy
khasi

महेन्द्रनगर । एमाले सम्बद्ध अनेरास्ववियुले सत्ता गठबन्धन आवद्ध दलका विद्यार्थी संगठनसित एक्लै चुनाव लड्ने चुनौती दिँदै विथोल्न थालेको आरोप लगाएको छ । स्ववियु चुनावलाई लिएर एमाले पार्टी कार्यालयमा सोमबार गरिएको पत्रकार सम्मेलनमा अखिलले सत्ता गठबन्धनका सबै संगठनसित एकल रुपमा चुनाव लड्ने चुनौती सार्वजनिक गरिएको हो ।

स्ववियु चुनावलाई लक्षित गरी क्याम्पसहरुमा लगाएको ताला नखोलिए प्रतिकारमा उत्रिने चेतावनी समेत अनेरास्ववियुले दिएको छ । निर्वाचन भाड्ने गरी सत्तापक्षीय विद्यार्थी संगठनहरुले विभिन्न क्याम्पसहरुमा ताला लगाएको अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाले बताए ।

,orning glory badhai

कञ्चनपुरका ८ वटा क्याम्पसमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द्रको अनेरास्ववियु (क्रान्तिकारी) र एकीकृत समाजवादी निकट अनेरास्ववियुले तालाबन्दी गरेको रोकायाले बताए ।

‘स्ववियू निर्वाचनमार्फत आफ्नो प्रतिनिधि छान्ने विद्यार्थीको अधिकार बञ्चित नगरियोस्,’ पत्रकार सम्मेलनपछि जारी प्रेस विज्ञप्तीमा उल्लेख छ, ‘सत्तापक्षीय गठबन्धनका विद्यार्थी संघ, संगठनहरु पराजयको डरले तालाबन्दीमा उत्रेका हुन् ।’

dirghayi clinic

अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष रोकायाले तत्काल ताला खोलेर निर्वाचन हुन दिने माहोल सृजन गर्न आग्रह गरेका छन्। उनले यस्ता गतविधि नरोकिए अनेरास्ववियु प्रतिकारमा उत्रिने र त्यसको जिम्मा सम्बन्धिन विद्यार्थी संगठन र स्थानीय प्रशासनले लिनुपर्ने चेतावनी दिए ।

त्रिभुवन विश्वविद्यालय अन्तरगत र संस्कृत विश्वविद्यालय अन्तरगतका क्याम्पसहरुमा चैत ५ मा स्ववियु चुनावको मिति तोकिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका क्याम्पसमा चैत ८ मा निर्वाचन हुँदैछ । अधिकांस क्याम्पसमा तालाबन्दीका कारण निर्वाचन नै प्रभावित हुने अवस्था छ ।

अनेरास्ववियूले जिल्लाका १६ वटै क्याम्पसका उम्मेदवारी दिएको जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...