ghar sansar

दोधारा चाँदनीका उप मेयर जोशीले बाँडिन विद्यार्थीलाई पोशाक

dirghayu ad

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाको नगर उप प्रमुख गंगा देबी जोशीले विद्यार्थीलाई पोशाक वितरण गरेकी छन् । दोधारा चाँदनी नगरपालिका १० ओंमकार आधारभूत विद्यालयका कक्षा १ देखि ७ सम्मका २ सय विद्यार्थीलाई पोशाक वितरण गरेकी छन् ।

आर्थिक अवस्था दयनीय रहेका बिद्यार्थीहरुलाई पठनपाठनमा सघाउन होस् भन्ने उद्धेश्यले बिद्यालय पोशाक वितरण गरिएको उप प्रमुख जोशीले बताइन् ।

ratnam malkhad

घर परिवारको आर्थिक अवस्था कमजोर रहेको र एक पटक सिलाएका पोशाक पुराना तथा फाटेको भएकाले बिद्यार्थीहरु बिद्यालय नियमित आउन छोड्ने गरेको कारण विद्यार्थीलाई पोशाक बितरण गरिएको हो । कार्यक्रममा जनप्रतिनिधी, शिक्षक, अभिभावक सहभागी भएका छन् ।

दोधारा चाँदनी नगरपालिका– १० को बाढीग्रस्त बिद्यालय ओंमकार आधारभुत बिद्यालय र जंगली हात्ती पिडित क्षेत्र भनेर चिनिने दोधारा चाँदनी– ३ बडुवाल टोलमा बिद्यार्थीहरुलाई पोशाक बितरण गर्ने कार्यक्रम अन्तर्गत आज देखि बिद्यालयमा पोशाक बितरण कार्य अघि बढाईएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...