
महेन्द्रनगर । भीमदत्त नगर सहकारी संघले सहकारी संंघले सहकारी सम्बन्धि विभिन्न माग राखेर भीमदत्त नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी र उप मेयर निलम लेखक जोशीसित ती विषय सम्बन्धी छलफल गरी ज्ञापन बुझाएको छ ।
सहकारी संघले सहकारी दिवस, कृषि हाट बजार, मलखाद व्यवस्थापन लगायतका सहकारी क्षेत्रसंग सम्बन्धित विषय समेटेर ज्ञापन बुझाएको संघका नगर अध्यक्ष ईश्वरी प्रसाद खरेलले बताए ।

संघले ज्ञापन पत्र बुझाउन अघि मेयर बोगटीको प्रमुख आतिथ्य र उप मेयर जोशीको विशिष्ठ आतिथ्यमा कार्यक्रम गरेको छ । कार्यक्रमको अध्यक्षतामा संघका अध्यक्ष खरेलले गरेका छन् ।
कार्यक्रममा सहकारी क्षेत्रको प्रवद्र्धन, स्थानीय सरकारको भूमिका लगायतका विभिन्न विषयमा छलफल गरिएको छ ।
कार्यक्रममा सुदूरपश्चिम विशिष्टीकृत सहकारी संघका अध्यक्ष गणेश चन्द, बहुउद्देश्यीय सहकारी जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सिह भाट, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली लगायतका सहभागी भएका छन ।
