ghar sansar

भीमदत्त विरुद्ध कसले किन हाल्दैछ अख्तियारमा यसरी अन्धाधुन्ध उजुरी, प्रमुख प्रशासकीय अधिकृत भन्छन्– उजुरी नपरेको कुनै काम नै छैन

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुृरीका कारण भीमदत्त नगरपालिकाको प्रशासन हैरान बनेको छ । नगरपालिका प्रशासनले लगभग दैनिक रुपमा अख्तियारलाई उजुरीको जवाफ पठाउनु परेको छ ।

भीमदत्त नगरपालिकामा नयाँ नेतृत्व आएपछि नगरपालिकाका हरेक काममा अख्तियारमा उजुरी पर्ने गरेको कर्मचारीहरु बताँछन् । ती उजुरीको जवाफ दिनमै दिन बितेको उनीहरुको भनाई छ ।

lotus institite

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले नगरपालिकाको हरेक कामलाई लिएर अख्तियारमा उजुरी पर्ने गरेको बताए । ‘अहिले केही काम गर्न सक्ने अवस्था नै छैन, जे काम गर्छौ, त्यसको उजुरी परेको छ’ उनले भने,‘अहिले कार्यालयका कामकाज भन्दा पनि अख्तियारलाई जवाफ लेख्नमै दिन जाने गरेको छ ।’

कार्यालयका हरेक काममा उजुरी पर्ने गरेपछि कर्मचारी मानसिक तनावमा परेका छन् । उनीहरु कार्यालय काम गर्न डराउन थालेका छन् ।

daimond public

प्रमुख प्रशासकीय अधिकृत गौलीले अखितयारमा परेको उजुरीका कारण कर्मचारी प्रशासनमा सन्त्रास फैलिएको बताए ।
गत वैशाखमा स्थानीय तह निर्वाचनबाट काँग्रेस सभापति पदम बोगटीको नेतृत्वमा भीमदत्तमा नयाँ नेतृत्व आएको थियो ।

भीमदत्तमा काँग्रेस नगर सभा र कार्यपालिकामा बहुमत छ । भीमदत्तका मेयर बोगटी आर्थिक विवादमा मुछिने प्रवृत्ति नभएका नेताका रुपमा चिनिन्छन् । उनी आफैंले पनि चुनावका बेला सुशासन कायम गर्ने प्रतिवद्धता गरेका थिए ।

मेयर बोगटीका जन सम्पर्क तथा कानुनी सल्लाहकार गौराज बहादुर लिम्बूले नयाँ नेतृत्व आएको थोरै समयमा अस्वभाविक रुपमा परेका उजुरीका पछाडि नियत सफा नदेखिएको बताए ।

‘जेठ आएपछि अहिले सात आठ नौ महिनामै यतिका उजुरी पर्न काम राम्रो नराम्रो गरेको होइन होला, यसका पछाडि अरु नै कुनै गलत नियत हुन सक्छ’ उनले भने ।

भीमदत्तमा यस अघिका एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट मेयर थिए । उनको कार्यालयमा पनि अख्तियार दुरुपोग अनुसन्धान आयोगमा उजुरी परेका थिए ।

Himal dental
सम्बन्धित
Loading...