ghar sansar

महेन्द्रनगर बजारको आधुनिक सडक निर्माण लापरवाहीमा बल्ल पुग्यो भीमदत्तका मेयरको ध्यान

गुणस्तरीय र छिटो काम सक्न ठेकेदारलाई निर्देशन, विद्युतका पोल हटाउन ठेकेदारलाई लिखित पत्राचार गरिने

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले महेन्द्रनगर बजारमा निर्माणाधिन आधुनिक सडकको काम गुणस्तरीय र छिटो सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा क्षेत्रिय शहरी विकास आयोजना अन्तर्गत महेन्द्रनगरमा निर्माणाधिन १४ किलोमिटर ढल सहितको आधुनिक सडकको काम गुणस्तरिय सहित छिटो सम्पन्न गर्न निर्देशा दिएका हुन् ।

निर्माणाधिन सडकको काम गुणस्तरहिन,सुस्त गतिमा भइरहेको गुनासो आएपछि भीमदत्त नगरपालिकाले शुक्रवार सडक निर्माणको जिम्मा पाएको जेडआइइसी–लामा जेभीका इन्जिनियर तथा प्रतिनिधि,क्षेत्रिय शहरी विकास आयोजना कार्यान्वयन इकाईका प्रमुख एवम् प्रतिनिधि,नेपाल विद्युत प्राधिकरण महेन्द्रनगरका प्रमुख,नेपाल टेलिकम महेन्द्रनगरका प्रमुख,खानेपानीका प्रमुख लगायतसंग बैठक बोलाएर छलफल गरेको छ ।

lotus institite

सडक निर्माणको सहजीकरणको जिम्मा पाएको भीमदत्त नगरपालिकाले सडक निर्माणमा विद्युत,टेलिकमका पोलहरुले देखिएको समस्या,गर्मीमा बजारमा धुलोधुवा,हिलो हुने लगायतका कुरालाई मध्यनजर गर्दै आयुडिपि, निर्माण कम्पनी र विद्युत,टेलिकमका प्रमुख एवम् प्रतिनिधिहरु संग छलफल गरिएको र सम्बन्धित निकायलाई गुणस्तर सहित निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिइएको नगर प्रमुख बोगटीले बताए ।

daimond public

‘आयुडिपि अन्तर्गत निर्माणाधिन सडक निर्माणमा विद्युत,टेलिकमका पोलहरु, खानेपानीका पाइप लगायतका कारण देखिएको समस्या र गर्मीमा बजार क्षेत्रमा हुने धुलो धँुवा,हिलोले जनतामा पर्ने असरलाई मध्यनजर गर्दै सो समस्या छिटो समाधान गर्न तथा सडक निर्माणमा सहजीकरण गर्न शुक्रबार हामीले आयुडिपि,निर्माण कम्पनी, विद्युत, टेलिकम, खानेपानीका प्रमुख एवम् प्रतिनिधिहरुलाई बोलाएर छलफल गरेका छौ । र छिटो काम सक्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छौ ।’

 ‘आयुडिपिको डिजाइन अनुसार ९ मिटरका विद्युतका पोल हाल्नु पर्ने तर नेपाल विद्युत प्राधिकरणका अनुसार बजारक्षेत्रमा ११ मिटरको पोल हाल्नु पर्ने हुदाँ सडक निर्माणमा समस्या देखिएको हो’ मेयर बोगटीले, ‘आजको छलफलमा उक्त समस्या समाधानका लागि आयुडिपिले निर्माण कम्पनीलाई विद्युतका पोलहरु ११ मिटरको हाल्ने भनेर लिखित पत्र दिने र निर्माण कम्पनीले तत्काल विद्युतका पोल,तार,मिटरहरु खरिद गरि नयाँ पोल,तार जोड्ने काम शुरु गर्ने र सम्पूर्ण नयाँ पोलहरु लगाइसकेपछि विद्युत प्राधिकरणले विद्युत सर्टडाउन गरि नयाँ लाइनमा जोड्ने र सडकमा रहेका पुराना पोलहरु हटाउने र ढल, सडक निर्माणको काम छिटो सम्पन्न गर्ने निर्णय भएको छ । अब केही महिनामै महेन्द्रनगर बजार सुन्दर देखिनेछ ।’

छलफल पश्चात नगर प्रमुख, उप्रमुख नीलम लेखक जोशी, वडाध्यक्षहरु, आयुडिपि,नर्माण कम्पनी, विद्युत, टेलिकमका प्रमुख लगाएतको टोलीले निर्माणाधिन सडकको स्थलगत अनुगमन समेत गगरेका छन् । ‘ निर्माणाधिन सडकको काम सम्पन्न नहुदाँ बजार क्षेत्र अव्यवस्थित बनेको छ ।’

नगर उपप्रमुख जोशीले भने, ‘अव्यवस्थित बजारलाई निर्माणाधिन सडकको काम छिटो सम्पन्न गरि व्यवस्थित बनाउन आज हामीले निर्माण कम्पनी, आरयुडिपि र अन्य निकायका प्रमुखहरुसंग छलफल गरेका छौ ।’ ‘छलफल लगतै हामी सबैले निर्माणाधिन सडकको स्थलगत अनुगमन समेत गरेका छौ उनले भने ।

यस्तै सडक फुटपातमा सामान राखेमा कारवाही हुने समेत नगर प्रमुख बोगटीले बताए । ‘सडक फुटपातमा सामानहरु राखेमा अब कारवाही हुन्छ ।’ उनले भने, ‘सडक पेटि अवरुद्ध गरि मालसामान राख्नेलाई ५ हजार नगद जरिवाना गर्ने हामीले कार्यपालिकाबाट निर्णय गरेका छौ ।’ उनले भने, ‘यो शहर सुन्दर बनाउन सबैले आ–आफ्नो ठाउँबाट लाग्न समेत आवश्यक छ ।’

Himal dental
सम्बन्धित
Loading...