ghar sansar

कृष्णपुरको जनहित महाकाली सामुदायिक वनमा बनाउन थालियो बाँस वेतका सामाग्री

little buddha academy
khasi

महेन्द्रनगर । कृष्णपुरको जनहित महाकाली सामुदायिक वन उपभोक्ता समूहले बाँस वेतका समानबाट आम्दानी गर्ने भएको छ । त्यसका लागि समूहले दुई पटक स्थानीयलाई तालिम दिइ सकेको छ ।

समूहको काठ कटानी अनियमित भएर वन संरक्षण र कर्मचारी व्यवस्थापन गर्न समस्या आएपछि आम्दानीका लागि बाँस वेतका सामाग्रंी बनाउन थालिएको हो । समूहले झण्डै १८ हेक्टरमा बाँस बेत लगाएको छ ।

,orning glory badhai

समूहका अध्यक्ष धन बहादुर चौधरीले काठ बिक्री रोकिएर कर्मचारीलाई तलब खुवाउन समेत समस्या परेपछि बाँस वेतका सामाग्री बिक्री गरी आम्दानी गर्ने योजना अघि सारिएको बताए ।

‘समूहको आम्दानी नै काठ बिक्री हो, अहिले काठ बिक्रीको आम्दानीको कुनै भर छैन, समूह चलाउनु छ, चौकीदारलाई तलब खुवाउन छ’ उनले भने,‘त्यसका लागि बाँस वेतका सामाग्री उत्पादन गरी समूह चलाउन खोजेका छौ ।’

बाँस वेतका सामाग्री उत्पादनका लागि समूहले दुई चरणमा तालिम दिएको र बजारका आधारमा बाँस वेतका सामाग्री उत्पादन गरिने अध्यक्ष चौधरीले बताए ।

dirghayi clinic

समूहले दुई पटक स्थानीय ८ जनालाई बाँस वेतका सामाग्री बनाउन तालिम दिएको छ । अहिले उनीहरुमध्ये ४ जनाले घरमा बाँस वेतका सामाग्री बनाउँदै आएका छन् । उनीहरुलाई समूहले बाँस र वेत उपलब्ध गराउँदै आएको छ । समूहले उनीहरुलाई सुपथ मूल्य बाँस वेत उपलब्ध गराएको छ ।

‘अहिले तालिम लिएकामध्ये ३÷४ जना घरमा सामाग्री बनाई रहेका छन्, समूहले एकदम सुपथ मूल्यमा बाँस वेत दिने गरेको छ’ अध्यक्ष चौधरीले भने,‘हामीले बजार हेर्दैछौ, त्यसका आधारमा व्यवसायिक उत्पादनका लाघि बढ्छौ ।’

बाँस वेतबाट टेबल, कुर्सी, सोफा लगायतका सामाग्री उत्पादन गरिएका छन् । तालिमका क्रममा बनाईएका सामाग्री समूहको कार्यालयमा राखिएका छन् । होटेल लगायत विभिन्न क्षेत्रमा बेचिने ती सामाग्रीको मूल्य ५ सयदेखि ८ हजार रुपैँयासम्म पर्ने गरेको छ ।

२ सय १५ हेक्टर क्षेत्रफल भएको वनमा ६ सय १० घरघुरी उपभोक्ता छन् । त्यसमा ५ सय परिवार मुक्त कमैया छन् । सरकारले २०५८ मा कमैया मुक्ति घोषणा गरेपछि कमैया पुनस्र्थापन गरिएको थियो । कृष्णपुर नगरपालिका २ मा पर्ने यस ठाउँ बाणी मुक्त कमैया शिविरका नामले चिनिन्छ ।

समूहका अध्यक्ष चौधरीले वडा कार्यालयसित सहकार्य गरी समूह सदस्यलाई पावर टिलर पनि वितरण गरिएको बताए ।
सामुदायिक वन समन्वय समितिले समूहलाई समूहलाई तालिमका लागि सहयोग गरेको छ । समितिका अध्यक्ष शिवदत्त पन्तले उद्यमशिलताका लागि तालिम दिएको र आगामी दिनमा बजारीकरणका लागि सहयोग गर्ने बताए ।

‘आर्थिक रुपमा समूह बलियो हुन सकेन वन संरक्षण कार्यक्रम राम्ररी अघि बढ्न सक्दैन, त्यही भएर समूहको वैकल्पिक आम्दानीका लागि उद्यमशिलता सम्बन्धि तालिम लिएर समूहलाई आर्थिक रुपमा बलियो बनाउने खोजेका छौ’ उनले भने,‘अब बजारीकरणमा पनि समूहलाई सहयोग गर्छौ ।’

सामुदायिक वन समन्वय समिति मातहत लालझाडी मोहना जैविक मार्ग सहित कञ्चनपुरका ९१ सामुदायिक वन आवद्ध छन् ।

Himal dental
सम्बन्धित
Loading...