महेन्द्रनगर । बैतडीको गोठलापानीस्थित जगन्नाथ बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका धनी भट्ट विजयी भएका छन् । सभातिमा १२० मत नेवि सघका सहित भट्ट विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका योगेश मौनीले ३६ मत मात्रै प्राप्त गरे ।
यस्तै सचिवमा नेविसंघकै किशोरराज पन्त ११८ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुकी आसा भट्टले ३८ मतमात्रै प्राप्त गरिन् । यस्तै कोषाध्यक्षमा नेविसंघकी ममता भट्ट विजयी भइन् । विजयी ममताले ११० मत ल्याइन् भने उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुकी रेखा बोगटीले ४३ मत ल्याइन् ।
सदस्यहरुमा नेविसंघकी गीता बोहरा ११२ मत, ललिता चन्द १०७ मत, विन्दुकुमारी बडु ११४ मत ल्याएर विजयी भएकी छन् । यस्तै अनेरास्ववियुकी संगीता पाण्डेय ४४ मत ल्याएर सदस्यमा विजयी भएकी छन् ।
समानुपातिक तर्फ नेविसंघले ११६ मत प्राप्त गरेको छ भने अनेरास्ववियुले ४० मत प्राप्त गरेको जगन्नाथ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले बताए ।