ghar sansar

कैलाली बहुमुुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका जोशी विजयी

महेन्द्रनगर । कैलाली बहुमुुखी क्याम्पसको स्ववियु सभापतिमा नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका यमराज जोशी विजयी भएका छन् । प्रतिद्धन्द्धी नेपाल विद्यार्थी संघ(नेविसंघ) का हरिश खत्रीलाई पराजीत गर्दै विजयी भएका हुुन् । ७ सय २२ मत सहित जोशी विजयी हुँदा उनका प्रतिद्धन्द्धी खत्रीले ७०५ मत प्राप्त गरेका छन् ।

यस्तै सचिवमा भने नेविसंघका सन्तोश पन्त ८५६ मत सहित विजयी भएका छन् । प्रतिद्धन्द्धी अनेरास्ववियुका रमेश बोहरालाई पराजीत गर्दै पन्त विजयी भएका हुुन् ।

lotus institite
daimond public

बोहराले ५८३ मत ल्याए । कोषाध्यक्षमा पनि नेविसंघकै अम्बिका चौधरी विजयी भएकी छन् । प्रतिद्धन्द्धी अखिल(क्रान्तिकारी) दिनेशराज जोशीलाई पराजीत गरेकी हुन् । चौधरीले ७६४ मत पाउँदा जोशीले भने ५७२ मत पाएका हुन् ।

सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस रहेको कैलाली बहुमुखीमा स्ववियु नेतृत्व चयनका लागि बुुधबार मतदान भएको थियो ।

Himal dental
सम्बन्धित
Loading...