ghar sansar

महाकाली यातायात बहुउद्देश्यीय कम्पनीको निर्वाचनमा एक सय बढी मत खस्यो, अध्यक्षमा विष्णु कँडेल र नबिन भट्ट प्रतिस्पर्धी

khasi

महेन्द्रनगर । महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रालिको निर्वाचनमा एक सय भन्दा बढी मत खसेको छ ।

सोमबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । निर्वाचन अधिकृत अजुर्न कार्कीका अनुसार दिउँसो ३ बजेसम्म मतदान हुने छ । त्यसपछि मत गणना सुरु हुने बताइएको छ। कम्पनी अध्यक्षमा बिष्णु कँडेल र नबिन भट्टले उम्मेदवार छन् ।

यस अघि भदौ १४ गते मतदान राखिएकोमा गौरा लगायतले चाडपर्वले सरेको थियो ।

कम्पनीको बिशेष साधारण सभा गरी नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएको हो । अध्यक्ष र सञ्चालक सहित ११ पदका लागि १९ जना चुनावी मैदानमा छन् । कम्पनीका १० सञचालकका लागि १७ जना उम्मेदवार भएका छन् ।

dirghayi clinic

सरकारले २०७४ मा यातायात समितिलाई निलम्बन गरी कम्पनी जाने निर्णय गरेको थियो । सरकारको निर्णय बिरुद्ध तत्कालिन महाकाली सेती यातायात व्यवसायी समिति सर्वोच्च अदालत गएको थियो ।

सर्वाच्चले समितिको पक्षमा फैसला गरेपछि गत बर्ष समितिको निर्वाचन गरेको थियो । सरकारले सर्वोच्चको फैसला कार्यान्वयन गर्न चासो नदेखाएपछि कम्पनीको बिशेष साधारणसभा गरिएको हो ।

गत बर्ष डम्बर राज पन्त र नबिन भट्टबीच नेतृत्वका लागि निर्वाचन भएको थियो । चुनावबाट पन्त अध्यक्ष निर्वाचित भएका थिए ।

भट्ट अहिले फेरि अध्यक्षका उम्मेदवार भएका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धी कडेल गत बर्श समितिको उपाध्यक्ष भएका थिए ।

कम्पनीमा तीन सय ७० मतदाता छ्न । महाकाली सेती पश्चिम नेपालको पूरानो यायायात समिति हो । कम्पनीका अध्यक्ष पन्त हाल नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको केन्द्रिय उपाध्यक्ष छन् ।

पन्त अहिले यातायात व्यवसाय बिषम परिस्थितिमा पुगेको बताउँछन् । ‘आवश्यकता अनुसार सवारी भएकाले डम्पिङ्ग बस्ने अवस्था छ’ उनले भने, ‘कति गाडी चाहिने हो, त्यो अनुसार खोल्ने भन्ने हो ।’

Himal dental
सम्बन्धित
Loading...