ghar sansar

जिफन्ट भीमदत्त नगर अध्यक्षमा रावल

khasi

महेन्द्रनगर । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) भीमदत्त नगर कमिटी अध्यक्षमा हर्क बहादुर रावल चयन भएका छन् । जिफन्ट नगर कमिटीको दोस्रो अधिवेशनबाट रावलको अध्यक्षतामा नयाँ कमिटी चयन गरिएको छ ।

कमिटीको उपाध्यक्षमा लक्ष्मी जोशी, सचिव प्रेम बहादुर ऐडी, सह सचिव खुम बहादुर शेर्पा र सदस्यहरुमा तेज बहादुर मल्ल, नरेश बहादुर चन्द, गिता अवस्थी, सिद्दकला नेपाली र दामोदर सिंह धामी चयन भएका छन् ।

dirghayi clinic

नगर कमिटीका निवर्तमान अध्यक्ष शंकरदत्त जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा जिफन्टका सुदूरपश्चिम प्रदेश अध्यक्ष जित बहादुर मल्ल प्रमुख अतिथि थिए ।

कार्यक्रममा जिफन्टका नेता चन्द्रराम विक, खडक बहादुर रोकामगर, दान सिह विष्ट, भोज बहादुर ऐर, कमला देवकोटा, उमेशराज पाण्डेय, धन बहादुर खडायत, विष्णुदत्त जोशी, टेकराज जोशी, रामनाथ यादव, चन्द्रप्रकाश गैरे लगायतका सहभागी भएका छन् ।

कार्यक्रममा भोज बहादुर ऐरले स्वागत गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...