महेन्द्रनगर । बैतडीमा सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पसमा नेपाल विद्यार्थी संघ र त्रिविका क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ । सुदूरपश्चिम विश्वविद्यालयका मातहतका तीन क्याम्पसमा नेविसंघ विजयी भएको छ । बुधबार भएको स्ववियु चुनावामा सुप विश्वा विद्यालय मातहतका ३ वटै क्याम्पसमा जीत निकाल्दै क्लीन स्वीप गरेको हो ।
मणिलेक क्याम्पस मेलौली, जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानी र पाटन बहुमुखी क्याम्पस पाटनमा कांग्रेस निकट नेविसंघ विजयी भएको हो । मणिलेक क्याम्पस मेलौलीमा स्ववियु सभापतीमा नेवि संघको प्यानलै विजयी भएको छ ।
अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच भएको गठबन्धनलाई पराजित गर्दै नेविसंघको प्यानलै विजयी भएको हो। सभापतिमा नेविसंघका नवराज भट्ट विजयी भएका छन् । उनले ७० मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच भएको गठबन्धनका साझा उम्मेदवार धनीदत्त भट्टले ४४ मत प्राप्त गरे ।
सचिवमा नेवि संघका निरज भट्ट वियजी भए। कोषाध्यक्षमा पनि नेवि संघकै सुशीला नेगी विजयी भइन्। सदस्यमा नेवि संघकै पूजा चन्द, दिनेश सिंह साउँद, सुनिता भट्ट र मनोजदत्त ओझा विजयी भए ।
त्यसैगरी जगन्नाथ बहुमुखी क्याम्पसमा नेवि संघका धनी भट्ट विजयी भए। उनले १२० मत ल्याए। उनका प्रतिद्वन्द्वी अनेरास्ववियका योगेश मौनीले ३६ मतमात्रै ल्याए ।
सचिवमा नेविसंघकै किशोरराज पन्त (११८), कोषाध्यक्षमा ममता भट्ट (११०), सदस्यमा पनि नेविसंघकै गिता बोहरा, ललिता चन्द, र विन्दु कुमारी बडु विजयी भइन् ।
पाटन बहुमुखी क्याम्पसमा नेवी संघकी भागरथी भट्ट विजयी भएकी छन् । अखिल क्रान्तिकारी र नेविसंघको सयुक्त गठबन्धनकी साझा उम्मेदवार समेत रहेकी भागरथी भट्ट विजयी भएकी हुन् । उनले ८९ मत ल्याइन् । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका निरन्जन पन्तले ७४ मत ल्याए। स्वतन्त्र उम्मेदवार अमरराज भट्टले ५० मत प्राप्त गरे ।
त्रिवि मातहतका बैतडीका चार वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको छ। दुई क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी भएको छ भने एकमा अखिल क्रान्तिकारी र एकमा नेविसंघ विजयी भएको छ । श्रीकोट बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सभापति शम्भुराज गिरी प्यानलै विजयी भएको थियो ।
त्यसैगरी नवप्रभात संयुक्त क्याम्पसमा पनि अनेरास्ववियुकी सभापति रेखा घटालको प्यानलै विजयी भएको छ। सेटीगाउँ बहुमुखी क्याम्पस गोकुलेश्वरमा अखिल क्रान्तिकारी र अनेरास्ववियुबाट सभापतिका साझा उम्मेदवार मोहन बहादुर बोहरा प्यानल विजयी भएको हो ।
पुर्चौंडी बहुमुखी क्याम्पसको सभापतीमा सनेविसंघकी बागमती कुमारी ऐर निर्वाचित भएकी छन् । सचिवमा पनि नेविसंघका हेमन्त साउँद निर्वाचित हुदा कोषाध्यक्षमा भने अनेरास्ववियुकी गीता भण्डारी विजयी भएकी छन् ।
त्रिबि मातहतका ६ वटा क्याम्पस रहेकोमा २ क्याम्पसमा तलाबन्दीका कारण निर्वाचन हुन सकेन । सिगास शिक्षा क्याम्पस र बैतडी शिक्षा क्याम्पस शाहिलेकमा तालाबन्दीका कारण निर्वाचन हुन सकेन ।