ghar sansar

भाडामा कोठा लिएर लागु औषध कारोबार, युवती सहित समातिए पाँच जना

little buddha academy
khasi

महेन्द्रनगर । अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले भीमदत्त नगरपालिका–६ का दुई स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका मध्ये एक जना महिला रहेकी छन्। हिजो साँझ करिब साढे ६ बजेको समयमा सादा पोसाकमा खटिएको प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले ऐठपुरबाट ती व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो ।

,orning glory badhai

जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीका अनुसार पक्राउ पर्नेमा एक महिला सहित पाँच जना रहेका छन् । डडेल्धुराको आलिताल गाउँपालिका–५ घर भएर भीमदत्त नगरपालिका–६ ऐठपुर शिवटोलस्थित जनक बोहराको घरमा कोठा भाडामा लिएर बस्ने २२ वर्षीया सीमा थापा मगर र सोही ठाउँका २२ वर्षीय राजु बोहरा खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।

dirghayi clinic

बिशेष सूचनाको आधारमा प्रहरीले कोठामा चेकजाँच गरेको थियो। थापा मगरको साथबाट कालो प्लाष्टिकमा ३५ वटा पोका बनाएको अवस्थामा २.७ ग्राम खैरो हेरोइन बरामद गरिएको डिएसपी डाँगीले बताए। प्रहरीले तीन थान मोबाइल पनि बरामद गरेको छ ।

यस्तै थापा मगरले नै दिएको सूचनाका आधारमा प्रहरीले सोही टोलकी कमला साउँदको घरमा भाडामा बस्ने डडेल्धुरा परशुराम नगरपालिका–८ बस्ने २४ वर्षीय केशव बोहराको कोठामा पनि खानतलासी गरेको थियो ।

त्यस क्रममा उक्त कोठामा बोहरासँगै रहेका भीमदत्त नगरपालिकाकै अन्य दुई युवालाई पनि खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। ती दुई युवा लागूऔषध खरिदका लागि त्यहाँ पुगेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट १.२८ ग्राम र ०.८२ ग्राम खैरो हेरोइन बरामद गरिएको छ। १५ हजार ७ सय नगद र पाँच थान मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ ।

‘थापामगरको सूचनाका आधारमा बोहराको कोठामा खानतलासी गरिएको हो,’ डिएसपी डाँगीले भने, ‘दुबै जना लामो समयदेखि लागूऔषधको कारोबार गरिरहेको खुलेको छ ।’ पक्राउ परेकाहरुमाथि थप अनुसन्धान गरी मुद्दा चलाइने उनले बताए।

Himal dental
सम्बन्धित
Loading...