महेन्द्रागर । एमालेका नितर्वमान उपाध्यक्ष डा. भीम रावलले आयोजना गरेको छलफलमा कार्यक्रममा एमाले र एकीकृत समाजवादीका नेता कार्यकर्ता सहभागी भएका छन् । आफन्तसित भेटघाटका लागि महेन्द्रनगर आएका रावलले आइतबार सिद्धार्थ होटलमा समसामयिक राजनीतिक विषय सम्बन्धि विभिन्न दलका नेताहरुसित भेटघाट तथा छलफल गरेका हुन् ।
एमाले अध्यक्ष केपी शर्माले संसद विघटन गरेपछि २०७८ भदौमा महेन्द्रनगर आएर नेता रावलले स्मारक क्षेत्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए । एमाले विभाजनपछि एमालेका बसेका नेता रावल त्यसपछि पहिलो पटक महेन्द्रनगर आएका छन् । उनले महेन्द्रनगर आएको मौका पारी समसामयिक विषय सम्बन्धी नेताहरु छलफल गरेका छन् ।
कार्यक्रममा नेता रावलले संविधान मिचिने चिन्ताले अहिले पनि कार्यान्वयमा चुनौती रहेको र त्यसको प्रभाव अर्थतन्त्रमा देखिएको उल्लेख गरे ।
कार्यक्रममा एकीकृत समाजवादी केन्द्रीय सदस्य तथा कञ्चनपुर सह इन्चार्ज प्रकाश बहादुर रावल, एमाले नेता नर बहादुर विश्वकर्मा, भोजराज जोशी, मोहन रावल लगायतका नेता सहभागी भएका छन् ।