ghar sansar

प्रशासनिक झन्झट देखाउँदै उपभोक्ता समितिले असमर्थता देखाएपछि भीनपा १६ मा सबै विकास निर्माणका कार्य ठेक्कापट्टाबाट

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १६ मा उपभोक्ता समितिले प्रशासनिक झन्झट देखाएर काम गर्न नसक्ने बताएपछि विकास निर्माणका सबै कार्य ठेक्का प्रक्रियामा गएका छन् । वडाभित्रका सबै टोल विकास संस्थाको सामूहिक भेलामा उपभोक्ता समितिबाट कामकाज गर्न नसकिने निर्णय भएपछि वडाले नगरपालिकालाई ठेक्काको जिम्मा दिएको हो ।

वडामा ६ टोल विकास संस्था छन् । वडा कार्यालयले वडामा विकास निर्माण कार्यका लागि सबै टोलको भेला गरी सुझाव लिएको थियो ।

Anant bahu travels
dirghayi clinic

भेलामा टोल विकास समितिका पदाधिकारीले लगत सहभागिता व्यहोर्न नसकिने, भुक्तानीका लागि प्रशासनिक झन्झट व्यहोर्न पर्ने, निर्माण सामाग्री जुटाउन नसकिने लगायतका कारण देखाएर उपभोक्ता समितिले काम गर्न असमर्थता देखाएको थियो । उनीहरुले निर्माण कार्य सकिएपछि मात्रै भुक्तानी पाउने भएकाले निर्माण सामाग्री किन्न पनि समस्या हुने गरेको दुखेसो पोखेका थिए ।

वडा समिति चन्द्रकान्त जोशीले टोल विकास समितिको भेलाबाट काम गर्न नसकिने निर्णय भएपछि विकास निर्माण कार्यका लागि ठेक्का प्रक्रियामा गएको बताए ।

‘प्रशासनिक झन्झट देखाएर काम गर्न सकिदैन भनेपछि ठेक्का प्रक्रियामा गएका छौ, नगरपालिकाले त्यो सबै ठेक्का प्रक्रिया अघि बढाई सकेको छ’ उनले भने ।

वडा सचिव जोशीका अनुसार वडामा कल्भर्ट निर्माण सहित कार्यका लागि २५ लाख बजेट विनियोजन गरिएको छ । भीमदत्त नगरपालिकामा विकास निर्माण कार्यमा उपभोक्ता समितिले २० प्रतिशत लागत सहभागिता व्यहोर्न पर्ने प्रावधान छ । लगत सहभागिताको प्रावधान राखिएपछि विगतदेखि उभोक्ता समिति काम गर्न डराउँदै आएका छन् ।

Himal dental
सम्बन्धित
Loading...