ghar sansar

चुरे नजिक दोहन रोकियो, वस्ती नजिक थालियो

महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ तिलकपुरको खन्ने खोलामा चुरे आशपासका क्षेत्रमा रोकिए पनि वस्ती नजिकबाट अवैध उत्खनन गर्न थालिएको छ ।

स्थानीयको दबावपछि डिभिजन वन कार्यालयले खन्ने खोलामा ढुङ्गा, गिट्टी, बालुवाको अवैध उत्खननलाई रोक्का गरेको थियो । वन कार्यालयको रोक्कापछि विष्णु मन्दिर उत्तरको क्षेत्रमा अवैध उत्खनन रोकिएको थियो । भीमदत्त नगरपालिकाले नै कर्मचारी परिचालन गरी अवैध उत्खनन गरी रोयल्टी संकलन गर्दै आएको थियो ।

mahostaw

अहिले खन्ने खोलाको विष्णु मन्दिर नजिक चुरे क्षेत्रबाट अवैध उत्खनन गरी बेलौरीसम्म निर्माण सामाग्री पुगाउने गरिएको थियो । अहिले विष्णु मन्दिर नजिक वस्तीलाई असर पर्ने गरी अवैध उत्खनन थालिएको छ ।

भीमदत्त नगरपालिका १ भाँसीमा सडक निर्माणको कार्य गरि रहेको भन्दै एक जनाले जेसिभी लगायतका समान खोलामा लगेर अवैध उत्खनन गरि रहेका छन् । स्थानीयले उत्खननबाट वस्ती जोखिममा पर्ने भएकाले तत्काल रोक्नु पर्ने माग गरेका छन् ।

भीमदत्त नगरपालिकाले ठेक्का लगाउन नसकेपछि महाकाली नदी सहित सबै खोलामा अवैध उत्खनन गरी रोयल्टी संकलन हुँदै आएको छ । रोयल्टी संकलनका लागि नगरपालिकाबाट कर्मचारी परिचालन गरिएका छन् ।

स्थानीयले चुरे दोहन रोक्न माग गर्दै जिल्ला समितिका समितिका प्रमुख दुर्गादत्त बोहरासम्म गुहारेका छन् । चुरे सञ्जाल नेपाल कञ्चनपुरका अध्यक्ष रविन्द्र कुँवरले दिर्घकालिन रुपमा रुपमा चुरे बिनास गर्ने गरी भईरहेको खोला नदीको अनियनिन्त्रत दोहन रोक्नुपर्ने बताए ।

अध्यक्ष कुँवरले उक्त क्षेत्रका नदीखोलाको बिना टेण्डर धमाधम पालिकाले समेत संकलन गरिरहेको र अन्य निजी क्षेत्रबाट समेत मापदण्ड विपरित उत्ख्नन भईरहेको विषयमा जिसस कञ्चनपुर प्रमुख दुर्गादत्त बोहरालाई जानकारी गराइको बताए ।

‘हामीले भीमदत्त नगरपालिका क्षेत्र चुरेका नदीखोलाको दोहन रोक्न जिसस प्रमुख ज्यूलाई डेलिगेशन नै बुझाएका थियौँ, ‘उनले भने, ‘तर रोकिएन, सबैतिर मिलोमतो छ, के कसरी रोकिन्छ ।’ आइतबार डिभिजन वन कार्यालय कञ्चनपुरले चुरे क्षेत्रका खोला नदी दोहन रोकेको थियो, तर फेरीपनि दोहन रोकिएको छैन ।

भीमदत्त नगरपालिकाले मापदण्ड बिरुद्धमा उत्ख्नन भए रोक्ने जनाएको छ । भीमदत्त नगरका प्रवक्ता महेन्द्र खडकाले ठेक्का नलागेको उक्त नदीखोला क्षेत्रमा मापदण्ड बिरुद्धमा दोहन भए अनुगमन गरेर रोकिने बताए ।

‘त्यहाँबाट पालिकाले पनि उठाईरहेको छ, ‘उनले भने, ‘यदी कसैलाई बदमासी भए कार्बाही गछौँ ।’

Himal dental
सम्बन्धित
Loading...