ghar sansar

कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष जोशीले गरे महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

dirghayu ad

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन ।

अध्यक्ष जोशीले चैत अन्तिम साता हुन लागेको महासंघको ५६ औँ निर्वाचनमा जिल्ला नगर उद्योग बाणिज्य संघका तर्फबाट खुला केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

ratnam malkhad

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका उद्यमी पिताम्बर जोशीले उद्योगी व्यवसायीको हकहितका साथै प्रर्बद्धनका लागि केन्द्रीय समितिमा बस्न चाहेको बताए ।

‘मैले कञ्चनपुर उद्योग वाणिज्य संघको नेतृत्व सम्हालेको छु, ‘उनले भने, ‘जिल्लाका उद्यमी व्यवसायीको हकहितका साथै केन्द्रीय सदस्यमा जिम्मेबारी पाएपछि थप केही गर्न सकिन्छ ।’

Himal dental
सम्बन्धित
Loading...