ghar sansar

भीमदत्त नगरपालिकाको १३ नम्बर वडामा नयाँ वर्षदेखि हाट बजार लाग्ने

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ मा नयाँ वर्षदेखि हाट बजार लाग्ने भएको छ । वडा कार्यालयले स्थानीयको आर्थिक अवस्थामा सुधार ल्याउने लक्ष्य राखेर महाकाली किनार खाली जमिनमा हाट बजार सञ्चालनमा ल्याउन लागिएको छ । अहिले हाट बजार सञ्चालनका लागि पूर्वाधार निर्माण कार्य अघि बढेका छन् ।

स्थानीय ५० भन्दा बढी वासिन्दाले हाट बजार सञ्चालन गर्न सक्ने गरी पूर्वाधार निर्माण अघि बढेको वडा अध्यक्ष रामचन्द्र बोहराले बताए । ‘स्थानीयको उत्पादन बिक्री होस, स्थानीयले आर्थिक उपार्जनका अवसर पाउन भनेर हाट बजार सञ्चालनको कार्य थालिएको छ’ उनले भने,‘अहिले हाट बजारका लागि चाहिने पूर्वाधार बनाई रहेका छौ, नयाँ वर्षसंगै हाट बजार सञ्चालनमा आउँछ ।’

Anant bahu travels

स्थानीय तह निर्वाचनमा बोहरा स्वतन्त्र चुनाव लडेर अध्यक्ष जितेका हुन् । उनले गैर सरकारी संस्थासित सहकार्य गरी हाट बजार सञ्चालन गर्न लागेका हुन् । वडा कार्यालयले हाट बजार सञ्चालनका लागि बजेट विनियोजन गरेको थियो ।
‘हाट बजारका लागि बजेट नै छुट्याइएको थियो, संस्थासित पनि बजेट रहेछ, सहकार्य गरी सञ्चालनका लागि अघि बढेका छौ’ उनले भने,‘यसलाई आगामी दिनमा पनि व्यवस्थित बनाउँदै जानेछौ ।’

नयाँ वर्षबाट हरेक शनिबार हाट बजार सञ्चालन हुनेछ । हाट बजारमा तरकारी, कुखुुरा, माछा, लगायतका स्थानीय सबै उत्पादनको व्यापार गर्न सकिने अध्यक्ष बोहराले बताए ।

dirghayi clinic

वडा कार्यालयले अहिले स्थानीयलाई तरकारी उत्पादनका लागि समेत सहयोग गर्दै आएको छ । वडाका केही स्थानीय व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् ।

हाट बजार सञ्चानलमा आएपछि स्थानीयलाई आफ्ना उत्पादन बिक्रीका लागि बजार ल्याउनु पर्ने बाध्यता हट्ने छ । अहिले स्थानीयले महेन्द्रनगर बजार आएर आफ्ना उत्पादन बिक्री गर्दै आएका छन् ।

‘हाट बजारमा ती उत्पादन बिक्री हुन्छन्, यसबाट बजार आउनु पर्ने बाध्यता त हट्छ नै, स्थानीयको आम्दानी बढ्छ, अनि युवा लगायतलाई पनि कृषि उत्पादन लगायतका आकर्षित गर्न पनि सहयोग पुग्छ ।’

वडा अध्यक्ष बोहराले स्थानीयको आर्थिक अवस्था सुधार ल्याउने कार्यक्रमलाई प्राथमिकता दिइएको बताए । स्थानीय तह निर्वाचनमा मतदातासित चुनाव प्रचारका क्रममा उनले मतदाताको आर्थिक अवस्था सुधारका लागि वाचा गरेका थिए ।

महाकाली नदी किनारको वडा नंं. १३ का अधिकाँश घर परिवारका विपन्न छन् । धेरै परिवार महाकाली नदीको ढुङ्गा, गिट्टी, बालुवा छानेर जीविकोपार्जन गर्र्दै आएका छन् ।

Himal dental
सम्बन्धित
Loading...