ghar sansar

कोभिडले रोजगारी गुमाएका वासिन्दाका लागि पुनर्वासमा सञ्चालन गरिएको आइपिएम कक्षा समापन

little buddha academy
khasi

महेन्द्रनगर । पुर्नबास नगरपालिकाको वडा न ७ का २५ जना किसानहरुको सहभागितमा गत पुस पहिलो साताबाट संचालनमा रहेको एकिकृत शत्रुजिव ब्यवस्थापक कृषक पाठशाला (आई पि एम) कक्षाको आज समापन भएको छ ।

स्वीट नेपाल कंञ्चनपुरको आयोजना तथा युएनडिपी नेपाल र पुर्नवास नगरपालिकाको सहयोगमा सञ्चालित एकीकृत जीविकोपार्जनको पहलद्वारा कोभिड १९ पुर्नप्राप्ति परियोजना अन्र्तगत कोभिडका कारण रोजगारी गुमेर घरमै बस्दै आएका महिला,दलित,जनजाती,एकल महिला लगायतका लागि काउली फुलगोविको आईपिएम कक्षा सञ्चालन गरिएको थियो ।

,orning glory badhai

कार्यक्रममा ४ महिनासम्म काउलीको बिउ उत्पादनदेखि बेर्ना लगाउने,बिरुवा लगाउने,उमार्ने,गोडमेल गर्ने,मल हाल्ने,उत्पादन गर्ने तथा भण्डारन लगायत बजार ब्यवस्थापन लगायतका यसको समयावधिमा हुने सबै प्रक्रियाका बारेमा प्रशिक्षकले प्रयोगात्मक तरिकाले सिकाउने गरेको जानकारी जेटिए दिपक नेपालीले बताए । १६ हप्ता भन्दा बढी २५ समयमा महिला तथा पुरुषहरुको सहभागितामा कक्षा सञ्चालन गरिएको छ ।

dirghayi clinic

बिहीबार समापन कार्यक्रममा आईपिएम कक्षालाई कृषक दिवशको रुपमा समेत किसानहरुले मनाएका छन परासन कृषक समुहका अध्यक्ष निषा बम्जनको अध्यक्षतामा भएको कार्यक्रममा पुर्नबास नगरपालिकाका प्रसासकिय अधिकृत गणेश सिह ऐरी थिए ।

पुनर्वास वडा नं. ७ का वडा अध्यक्ष मुलचन्द्र राना र साझेदारी संस्थाका अध्यक्ष अमिर तिरुवा विशिष्ठ अतिथि थिए । कार्यक्रममा चार महिनाको सिकाई तथा उपलब्धिका बारेमा कृषि शाखाका प्रमुख कर्ण बहादुर शाहीले जानकारी गराए ।

कृषि समन्वय समितिका अध्यक्ष राज बहादुर तमाङ्ग,स्वीट नेपालका कार्यक्रम ब्यवस्थापक अमित सुनार,वडा सदस्य दिपक तमाङ्ग,हिरा परियार,साहारा राना तथा किसानले मन्तव्य राखे ।

कार्यक्रममा पहिलो उप समुह माधुरी,द्रोस्रो हुने ईस्नोक्राउन उपसमुह,तेस्रो ईटबुटटे पुतली उप समूहलाई नगद पुरुस्कारले सम्मान समेत गरिएको छ । कार्यक्रम सञ्चालन कृषि शाखाका प्राविधिक ललिता चौधरी गरेकी थिईन् ।

 

Himal dental
सम्बन्धित
Loading...