महेन्द्रन्गर । नेकपा एमाले पूर्व उपाध्यक्ष भीम रावलसँग संवाद गर्न वार्ता टोली बनाएको छ । शनिबार ललितपुरको च्यासलमा बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टीका उपाध्यक्ष विष्णु प्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको हो ।
उनीसँगै सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट र सह इन्चार्ज कर्णराज थापा पनि यस टोलीमा छन् । वार्ता टोलीले रावलसँग संवाद गर्ने र एउटा सहमतिमा पुगेर आवश्यक जिम्मेवारी दिने निर्णय भएको पनि पार्टीका उप महासचिव पृथ्वी सुब्बा गुरूङले जानकारी दिए ।